एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : नेकपा एमालेका नेता रघुविर महासेठले आउँदो मसिंर सम्म सम्भव नभएपनि चुनाव त भएरै छाडने बताएका छन् । जनकपुरधाममा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै एमालेका पोलिटब्युरो सदस्य समेत रहेका पुर्व मन्त्री महासेठले भने, ‘आउँदो मसिंर होस कि अर्को मसिंर तर समस्याको समाधान नै चुनाव हो ।’

उनले विगत केहि दशकमा कैयौं पटक बामपन्थी शक्तिहरु फुटजे र जुटजे क्रम चलिरहेको बताउदै अहिले पनि समान्य र स्वभाविक नै रहेको बताए । पुनः पार्टी एक हुनेमा उनको विश्वास छ । नेता डा. संजिव यादवको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सरकारकी महिला बालबालिका तथा जेयष्ठ नागरिक मन्त्री जुली महतोले होलीमा सदाचार र भाईचाराको वातावरण बनोस भन्दै शुभकामना व्यक्त गरिन ।

कार्यक्रममा नेकपा एमालेका स्थानिय तह, जिल्ला देखि प्रदेश र केन्द्रिय नेताहरु सम्मको उपस्थिती थियो ।
