एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ : धनुषा क्षेत्र नं. ३ मा आज एकै दिन छ वटा योजनाहरुको शिलान्यास गरिएको छ । प्रतिनिधीसभा सांसद तथा जसपाका केन्द्रिय वरिष्ठ नेता राजेन्द्र महतोको निर्वाचन क्षेत्र धनुषा ३ को विभिन्न स्थानहरुमा आज एकै दिन छ वटा योजनाको शिलान्यास गरिएको छ । क्षेत्रको नगराईन नगरपालिकाको वडा नं. ८ अकौरामा प्रदेश सरकारद्वारा बिनियोजित रकमबाट बीस लाखको लागतमा सामुदायिक भवन शिलान्यास गरिएको छ ।

धनौजि गाँउपालिकाको वडा नं. १ लखौरीमा बीस लाखको लागतमा भगवान श्री लक्ष्मीनारायण मन्दिर, नगराईनको नपाको वडा नं. ७ बिरतामा बीस लाखको लागतमा श्री भुइयाँ बाबा मन्दिर, धनौजि गाँउपालिका वडा नं. ४ भररियामा सामुदायिक भवन, नगराईन नपाको वडा नं. ४ फुलगामामा बर्थिङ्ग सेन्टर र मुखियापट्टी मुसरनिया गाँउपालिकाको वडा नं. ३ तुलसियाहीमा चालिस लाखको लागतमा कभर्ड हल गरि एकै दिनमा छ वटा योजनाहरुको शिलान्यास गरिएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा विकासलाई गति दिन शिलान्यास कार्यक्रम गरिएको नेता राजिव झाले बताए । केन्द्रिय सदस्य झाकै प्रमुख आतिथित्वमा सम्पन्न भएको समारोहहरुका बिच योजनाहरुको शिलान्यास गरिएको छ । जसपाका केन्द्रिय सदस्य मनोज चौधरी, अधिवक्ता श्याम मिश्रा, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, ममता चौधरी सहितकाले विभिन्न स्थानमा शिलान्यास गरेका छन ।
समारोहमा बोल्दै केन्द्रिय सदस्य राजिव झाले राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ मा चुनाब जितेपछि चौतर्फी विकासको कार्यलाई तीब्रता दिएको बताए । उनले भने राम्रो व्यक्तिलाई जिताउँदा विकास कार्य बढछ यसको उदाहरण यो क्षेत्रलाई लिन सकिन्छ । स

मारोहमा अर्का केन्द्रिय सदस्य मनोज चौधरीले विकासको लाभ जनताले लिनु पर्छ बताए । सडक, सिचाई, भौतिक निर्माण लगायतका कार्यहरु आउने दिनमा अझै बढने जानकारी दिए । सो अवसरमा जसपा नेता राजु चौधरी, अनिल महासेठ, वरिष्ठ चिकित्सक डा अजय मिश्रा, जिबेन्द्र झा, श्याम साह लगायतको उपस्थिति रहेको थियो ।