एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ : प्रदेश २ प्रमुख डा. राजेश अहिराजले हरेक लोकतान्त्रिक आन्दोलनका साक्षी वरिष्ठ पत्रकार राजेश्वर नेपालीसंग भेटघाट र छलफल गर्दै सम्मान समेत गरेका छन् । पत्रकारिता पृष्ठभुमिबाट प्रदेश २ का प्रमुख बनेका डा. अहिराजले मधेश आन्दोलन र त्यसप्रति विभिन्न राजनितिक दलको गतिविधी सहित लोकतान्त्रिक आन्दोलन सहितका विषयमा प्रेस स्वतन्त्रता सेनानी समेत रहेका नेपालीसंग बुझेका थिए ।

वरिष्ठ पत्रकार नेपालीले दलहरु इमान्दार नभएकै कारण मधेश आन्दोलन र विभिन्न आन्दोलन पश्चात पनि देशका सवै वर्गका नागरिक अपनत्व महशुस गर्न नसकेको बताएका थिए । प्रदेश प्रमुख डा. अहिराज विगत केहि दिन एता धनुषाका नागरिक समाज, बुद्विजिवी, समाजसेवी, दानविर परिवार सहित सदाचारका लागि राजनितिक जिवन र योदान दिएका व्यक्तित्वहरु संगको भेटघाट बाक्लो पार्दै गएपछि समाजिक सञ्जालमा चौतर्फी चर्चा पाइरहेको छ ।
प्रदेश प्रमुखले वरिष्ठ पत्रकार नेपालीको योगदान र संर्घषको कदर गर्दै उनलाई आफनै कार्यकक्षमा सम्मान समेत गरेका छन् ।