एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : गोइत र ज्वाला सिंह जस्ता समुहलाई समेत मुल राजनितिक धारमा ल्याउन सकिए देश झनै सकारात्मक दिशामा अगाडि बढने जसपा नेता राजिव झाले बताएका छन् । डा. सिके राउत र प्रतिबन्धित नेकपा बिप्लव समुहलाई मुल धारको राजनितिमा ल्याउन सफल प्रधानमन्त्री ओली तराई मधेशमा रहेका ज्वाला सिंह र गोइत समुह सहितकालाई समेत त्यसरी नै मुलधारमा फर्काउन सके देशमा सकारात्मक सन्देश जाने उनको तर्क छ ।
एक अनलाईन संगको अन्तरवार्तामा झाले भनेका छन, ‘जसपालाई फोडेर आफनो सपना पुरा गर्छु भन्नु राजनितिक चरित्र होइन ।’ मधेश आन्दोलन र मुद्दाहरु सम्बोधन गर्न सक्ने जुनसुकै शक्तिसंग मिलेर जान आफुहरु तयार रहेको उनको कथन छ ।
ह्ेर्नोस अन्तरवार्ता