एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : जनकपुरधामको रामचौक स्थित श्री गणेश युवा कमिटिले मिथिलाको महान पर्व होलीको अवसरमा ‘फगुवामे भेटघाट कार्यक्रम’ को आयोजना गरेको छ । कमिटिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद परमेश्वर साहले भने, ‘होलीमा कसैको नकारात्मक नसोचौं, सदभाव र स्नेह बाँडदै मनाउँ ।’

कमिटिले धनुष सागरको सौन्दर्यकरण, नौका विहार, श्री गणेश मन्दिरको वाँकी निर्माण काम, स्वच्छता अभियानका कामहरु एकदमै सराहनिय रहेको भन्दै वक्ताहरुले कमिटिको प्रशंसा गरेका थिए । प्रदेश सांसद साहले रंग अविरको फायर खोल्ने पेस्तोल फायर गरि कार्यक्रमको समुदघाटन गरेका थिए ।

मिथिला नाटय कला परिषदको ब्रह्मगीत सहित होरैया र फगुवाका गितहरु सहित भएको कार्यक्रममा गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठ, नेपाल पत्रकार महासंघका सचिव पुरन साह, उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी, सिडिई भगवान झा, चेम्वर अफ कर्मशका अध्यक्ष विजय साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष ललित साह सहितकाले शुभकामना मनतब्य राखेका थिए ।

