एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : जनकपुरधाम प्रादेशिक अस्पताललाई लायन्स क्लवहरुले ह्वील चेयर, स्ट्रेचर, डस्टवीन सहितका मेडिकल सरसमानहरु सहयोग गरेको छ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रीक ३२५ एटु नेपाल, लायन्स क्लव अफ जनकपुरधाम, लायन्स क्लव अफ जनकपुरधाम जानकी र लायन्स क्लव अफ जनकपुरधाम राजधानीको संयुक्त तत्वाधानमा लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ ए२ नेपालकी गभर्नर डा. सुशिला मल्लको हातवाट सरसमानहरु अस्पताललाई प्रदान गरिएको छ ।

अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद यादवलाई १० थान ह्वील चेयर, स्ट्रेचर ४ थान डस्टवीन १० थान र पिपिई १० थान सहयोग प्रदान गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको समेत उपस्थिती रहेको अवसरमा गंगालाल हृदय केन्द्र जनकपुरधामका डा. राजेश साह, सम्पुर्ण लायन्स क्लवका जनकपुरधामका अध्यक्षहरु समेतको सहभागिता रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया !