एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० : बौद्धिक पेशाकर्मी पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनको पूर्व सँध्यामा आज महासंघ धनुषा शाखाका सचिव पुरन साह सहित २२ जना प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् ।
महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावको मिति तय भए लगत्तै विभिन्न संगठन परित्याग गरी प्रेस मञ्चमा प्रवेशको लहर देखिएको छ । सप्तरीमा वरिष्ठ पत्रकारहरु महासंघका वर्तमान केन्द्रीय सदस्य अवधेश झा, वर्तमान प्रदेश सचिव आर एन विश्वास लगायत दस जनाले मञ्चमा प्रवेश गरेको दुई दिन नबित्दै मंगलबार जनकपुरमा महासंघका सचिव समेत २२ जना पत्रकार मञ्चमा विधिवत प्रवेश गरेका हुन् ।

महासंघको निर्वाचनमा मञ्चले प्रदेश २ समेत अधिकांश जिल्लामा नेतृत्वमा पुग्ने दावी मञ्चका प्रदेश कार्यवाहक अध्यक्ष सुरेश यादवले गरेका छन् । कार्यक्रममा मञ्चका बिन्द किशोर साह, आतिष मिश्र, अशोक दत्त, राजेश कर्ण, बटुकनाथ झा, धनुषा अध्यक्ष अर्जुन मण्डल सहित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारहरु सहितको उपस्थिती थियो ।