एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : जनकपुरधामको रामचौक स्थित श्री गणेश युवा कमिटीले स्थानिय पसल, व्यवसायी सहितकालाई पाँच सय डस्टविन वितरण गरेको छ । फोहर व्यवस्थापनका लागी कमिटीले डस्टविन वितरण गरेको कमिटिका अध्यक्ष सन्तोष कुमार महतोले बताए ।
राम चौक क्षेत्रलाई सार्वजानिक रुपमा फोहर मुक्त बनाउन र वातावरण संरक्षणमा नमुना चौक बनाउने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लाल किशोर साह तथा उपप्रमुख रिता झा सहितको हातवाट डस्टविन वितरण गरिएको छ । जेम्स प्लाष्टिकको सहयोगमा डस्टविन वितरण गरिएको कमिटिका पुर्व अध्यक्ष तथा जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र मण्डारीले बताए ।

मेयर साहले कमिटिले समाजिक स्वच्छताका लागि चालेको कदम सराहनीय रहेको बताए । कार्यक्रममा मानव अधिकारकर्मी मनमाया तामाङ्ग, महिला अगुवा सुभद्रा आले, कमिटीका पुर्व अध्यक्ष भण्डारी, संतोष साह, जमुना भूजेल सहित कमिटिका सदस्य समेत रहेका पत्रकार कैलाश दास लगायतको उपस्थिति रहेको थियो ।