पुरन रौनियार
जनकपुरधाम, चैत ८ : जनकपुरधामको वेलकम होटलबाट एकजना पत्रकार साथीले मिथिला परिकार खान आउनोस भन्दै निमन्त्रणा गर्नु भो । गत शुक्रवार वेलुकाको खाजा खाने समय थियो, म पनि फुर्सदमै थिए दश मिनेटमा पुगे । वेलकमको रेष्टुरेन्टको एक टेवलमा मिथिलाको परिकार तरुवा, बरी, कचरी, काउलीको बच्का प्लेटमा सजिएको थियो ।
टेवलमा वेलकमका सञ्चालक पर्यटन तथा होटल व्यवसायी विजय झुन्झुनवाला, डा. अजय कुमार झा, पुर्व उप सचिव कौशल किशोर झा, जसपा नेता संजय कुमार साह, विदेशी पर्यटकलाई जनकपुरधाम क्षेत्र घुमाउने पर्यटक गाइड सुदर्शन लाल कर्ण, सोटो नेपाल प्रदेश २ का अध्यक्ष विरेन्द्र साह पत्रकार बब्लु चौधरी र ओम प्रकाश साह सहितका व्यक्तिहरु मेरो प्रतिक्षामा हुुनुहुन्थ्यो । हात धोएर के अवसरमा पार्टी हो ? भनेर सोध्दै आलुको तरुवा पहिलो पटक मुखमा हाले । एकदमै कम ओइली सुख्खा आलु तरुवाको स्वाद वास्तवमै मेरो लागि असाधारण थियो ।
हामी मधेशमा तरुवा खादा हातमा तेल चपचप हुनु समान्य जसो हुन्छ तर तरुवा सहितका कुनै पनि परिकार ओइली नभएर सुख्खा थियो । त्यतिकैमा एकजना सेफको सेतो पोशाकमा आएका युवा ठेठ मैथिलीमा भने, ‘सर प्लीज ई लिय बथुवा सागके शुप कनि खइयौ केहन लगैय ।’ साग मन नपर्ने मलाई ठुलो बटको भरेको त्यो बथुवा सागको शुप आधी गरेर पहिलो घोटके निले मेरो रिप्लाई आहाँ क्या मिठो भने थियो ।
मेरो छेउमै बसेका चिकित्सक डिएम डा. अजय कुमार झाले भने, ‘पुरन जी, बथुवा सागमा मानिशको शरिरमा रक्तसञ्चार र रक्त निर्माणका लागि पाइने हरेक तत्व हुन्छ, मानिशको दिमाग (ब्रेन) लाई दुरुस्त गर्ने हरेक तत्व पनि बथुवा सागमा पाइन्छ ।’ घिउ मलाई हालेर सागलाई त्यस्तो मिठो पारिएको होला सोच्दै मैले अर्को घोट पिए । अनि ति सेफले तारेका दुई पिस माछा पनि मेरो लागि नौलो र वाउ फयाक्टर स्वादको थियो ।
अनि परिचय सुर भयो ति सवै परिकार बनाउने होटल म्यानेजमेन्ट स्नातकोतरका विद्यार्थी धनुषाको सवैला नगरपालिका वडा नं. ३ निवासी महेश साह संग । उनले त्यो बथुवा सागको सुपमा हाम्रो गाँउको भान्सामा पाइने समान्य नुन, मरिच वाहेक केहि पनि नहालेको बताए । मलाई अच्चम लाग्या,े पहिलो पटक त्यसमा पनि बथुवा सागको घोल मैले एक बटुको हाँसी हाँसी खाए ।
काठमाण्डौंमा चौधरी ग्रुपको ताज बृन्दा होटलमा एग्जेक्युटिभ सेफ चिफको रुपमा कार्यरत महेश मिथिला परिकार बनाउने मात्र होइन हरेक परिकारको विशेषता र स्थानिय बस्तुको गुणलाई सहजै विश्लेषण गर्ने क्षमताका युवा हुन । उनी मिथिला परिकार र ५६ ब्यन्जनको विशेषता र औषधीय गुणको विश्वभर प्रचार प्रसार गर्ने अभियानमा लागेका छन् ।
विहान काठमाण्डौंको विभिन्न कलेजमा बिएचएम कलेजमा मिथिला भोजन र परिकारकै विषयमा पढाउने महेश कान्तिपुर कलेजमा होटल म्यानेजमेन्ट तर्फ मास्टर्स गरिरहेका छन् । महेशलाई मैले सोधे विदेशीहरुलाई मिथिला परिकार पस्किदा के रेस्पोन्स हुन्छ ? उनको सरल जवाफ थियो, ‘सर वाउ, वेरी टेष्टी वाहेक अन्य कुनै जवाफ हुदैछ, हामी मिथिला परिकार र यहाँको स्रोत साधनको लागि जनकपुरधाममा काम गर्नु पर्छ सर ।’
बथुवा साग, फोफी, तिलौरी, अदौरी, आँपको अचाँर र अमोटको प्रचार
अनि थाहा पाए वेलकम होटलका सञ्चालक झुनझुनवालाको समन्वय र सहयोगमा केहि व्यक्तिहरुलाई बोलाएर त्यहाँ महेशको पवित्र अभियान र परिकारको बारेमा जानकारी दिन सो बसाई आयोजना गरिएको रैछ । महेशको लगन, सक्रियता, बोल्ने शैली र फुर्ती हेर्न लायक थियो । उनमा एक उर्जा र आत्मवल देखिन्थ्यो । महेशले अगाडि भने, ‘सर अव म पचास रुपैया प्रति किलो बिक्ने बथुवाको साग दुई सय रुपैया प्रतिकिलो किन्न तयार छु ।’
स्वयम जनकपुरधाम पटक पटक समय मिलाएर आउने र बथुवाको साग जस्तै हाम्रै गाम घर र बारी बगैचाँमा पाउने हरेक तरकारी र बस्तुको फाईदाको विषयमा स्थानियलाई सम्झाएर बजारीकरणमा सहयोग गर्ने पनि उनको अर्को अभियान जानकारीमा आयो । २०३८ सालमा जन्मेका एक छोरा र एक छोरी का बाउ महेश भाईलाई पनि सेफ बनाउन चाहेका थिए तर गाँउमै बस्ने गरेका राष्ट्रिय बाणिज्य बैंकको लेखापालबाट अवकास प्राप्त पिता राजकिशोर साह र माता जागेश्वरी देवीको हेरचाहको लागि भाईलाई गाँउमै बस्न परेको उनी बताउछन् ।
उनले भने‘ ‘मेरी दुई वहिनीहरुको पनि पढाएर विवाह गरिसके अव अभियानमा लाग्न समस्या छैन ।’ मिथिलाको फोफी, तिलौरी, अदौरी, आमको आचार, आमको अमोटको विशेषताको अनेकन बर्णन गर्न सक्ने महेशले आफु आमको अमोट बलिउडकी चर्चित नायीका मनिषा कोइरालालाई खुवाँउदा मनिषाले मैथली भाषामै धन्यवाद र तारिफ गरेको दंङ्ग पर्दै सुनाए ।
बिबिसी मास्टर्स सेफ उपविजेता संतोषबाट प्रभावित
देश वाहिर गएर अहिले सम्म मिथिला भोजन र परिकार पस्किन तथा त्यसको प्रचार गर्न अवसर नपाएका महेश काठमाण्डौंको एनआईएचएम कलेजमा प्लेट एण्ड प्रजेन्टेशन, उत्पला कयाफे र चौधरी ग्रुप गैडाकोटको उन्नती रिर्सोट सहितकामा मिथिला भोजन र परिकार प्रस्तुत गर्नुका साथै त्यसको विषेशता प्रस्टाइ सकेका छन् । अव उनी छिट्टै नेपाल टुरिजम बोर्ड र मधेशी आयोगमा समेत त्यसको निरन्तरता दिने बताउछन् ।
मिथिलाका अभियानी र अगुवाहरुको सहयोग पाए देश मात्र होइन विदेशमा समेत मिथिला भोजन र परिकार प्रतिको आकर्षण प्रमाणित गरि देखाउने दृढ संकल्प उनले बोकेका छन् । मिथिला भोजनको विशेषता के त ? भनेर सोध्दा उनले भने, ‘हामी भगवान र देवी देवतालाई पनि ५६ पकवान र व्यञ्जन पस्किसकेका मिथिलावासी हौं, विदेशी संग एक दुई वा पाँच दश होला तर हामी संग ५६ व्यञ्जनको त पौरानिक प्रमाण छ अनि हरेक परिकारको आफनै औषधीय गुण र विशेषता पनि ।’ उनले यि कुराहरुको प्रचार गर्न सकिए मिथिला धनी हुने दावी गर्छन ।
महेशलाई तत्कालै सम्मान
महेशको परिकार, पकवान र पवित्र अभियान सुनेर खुसी भएका जसपाका नेपाल केन्द्रिय सदस्य तथा मत्स्य सहकारी संघको केन्द्रिय उपाध्यक्ष संजय कुमार साहले उनलाई तत्कालै सम्मान गरेका थिए । मधेशको पहिचान गम्छा र मिथिलाको धरोहर जानकी मन्दिरको प्रतिमा सहित खुसी हुदै उनलाई तत्कालै सम्मान गरि उज्जवल भविष्यको कामना सहित अभियान सफलताको शुभकामना समेत प्रदान गरिएको छ ।