एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ : प्रदेश २ प्रमुख डा. राजेश अहिराजको कार्यकक्षमा मधेश मुद्दाका संस्थापक तथा प्रर्वद्वक गणतन्त्र र मधेशवादी नेता स्व.गजेन्द्र नारायण सिंहको तस्वीर झुन्डयाइएको छ । शुक्रवार २०६२/०६३ को सुरुवाती मधेश विद्रोहको अगुवा आन्दोलनकारीहरुलाई सम्मान गर्दै प्रदेश प्रमुख अहिराजले मधेश आन्दोलन र मधेश मुद्दाका संस्थापक नेता स्व. गजेन्द्र नारायण सिंह गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहकै साहसले आज देशमा गणतन्त्र र संघियताको सपना साकार भएको भन्दै उहाँहरुको तस्वीर झुन्डयाउनु भएको छ । साथै मधेशवाद, गणतन्त्र र संघियताको प्रर्वद्वक अन्य विशेष व्यक्तित्वहरुको समेत तस्वीर लगाइएको छ ।
साथै प्रदेश २ प्रमुखले आफनो कार्यकक्षमा मधेश जनआन्दोलनका क्रममा राज्यबाट नरसंहार गरिएका विर मधेशी शहिदहरुको सामुहिक तस्वीर समेत झुन्डयाइएको छ । मधेश आन्दोलनका प्रथम शहिद रमेश महतो सहितका शहिदहरुको तस्वीर झुन्डयाउनु भएको छ, मधेश आन्दोलनका अगुवा युवा इन्द्रकुमार मधेशानन्दले भने, ‘पुर्व पत्रकार, मधेशलाई बुझने युवा प्रदेश प्रमुख पाएर खुसी छौं ।’

इस यघि शहिदका परिवारजनसंग भेटेर सुख दुःख र पिडा बारे बुझेका प्रदेश २ प्रमुख डा. अहिराज जनकपुरधाममा सरस्वती उच्च मा.वि., कन्या मा.वि. र रा.रा.ब. क्याम्पस जस्ता शिक्षाको मन्दिरहरु निर्माण गर्न दानवीरको काम गरि यस क्षेत्रलाई शिक्षाको ज्योतीबाट उज्जयालो पार्ने दानवीर रामसागर रामस्वरुप परिवारसंग पनि भेटघाट गरेका छन् । पछिल्लो पटक प्रदेश प्रमुखको सकारात्मक सक्रियताको अहिले प्रशंसा भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !