एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ : पुर्व मन्त्री रघुविर महासेठले देश निर्माणको पहिचान र जनताको भावना अनुरूप नेकपा एमाले पार्टी बनेको बताएका छन् । नेकपाका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य समेत रहेका महासेठले अब जनतालाई बिकास र देश निर्माण गर्ने पार्टी चाहिएको बताए । उनले भने, ‘भयत्रास र मुद्दामा फसाएर राख्ने पार्टी होइन नेकपा एमाले देश निर्माणको पहिचान र जनताको भावना अनुरुप बनेको पार्टी हो, त्यसैले यस पार्टीमा कहिले संकट आएको थियो न आउँछ ।’

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १० प्रष्टोकी कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा स्थानिय नेपाली कांग्रेसका प्रभावशाली नेता फुलगेन यादवको नेतृत्वमा नेपाली सैयौं अगुवा नेताकार्यकर्ताहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ । कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव सहितका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती थियो ।