एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ : धनुषाको शहिदनगरमा नेकपा माओवादी केन्द्र पुनः ब्युतिएको छ । शहिदनगर नगरपालिकाका प्रमुख तथा केन्द्रका प्रदेश कमिटि सदस्य युवा नेता उदय कुमार बरबरिया यादवले नगरमा केन्द्रलाई कुनै प्रभाव नपर्ने बरु अव पार्टी चलाउन झन सजिलो हुने बताए ।

नगर प्रमुख बरबरियाकै उपस्थितीमा मंगलवार केन्द्रको शहिदनगर नगरपालिका नगर सम्पर्क कार्यालय यदुकुहामा पार्टीको कार्यालय र नेकपा माओवादी केन्द्र – जिन्दावाद, प्रचण्ड पथ – जिन्दावाद, को नारा सहित नेकपा माओवादी केन्द्रले अव संगठन र चुनावी अभियान साथ साथ अगाडि बढाउने मेयर बरबरियाले बताए ।