एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउन हरसम्भव प्रयास गर्नु स्वभाविक हो । उनले छोडनै पर्ने स्थिती आए जसपालाई समेत नेतृत्व दिन सक्ने सम्भावना छ तर जसपामा ओलीको रोजाईमा महन्थ ठाकुर र राजेन्द्र महतो हुने छ ।
एता सहमती हुन नसके जसपालाई नै नेतृत्व दिएर जान सकिने प्रचण्डको समेत मनस्थिती नभएको होइन तर उस्को रोजाईमा भने डा. बाबुराम भट्टराई नभए उपेन्द्र यादव हुने छ । देशको दोस्रो ठुलो दल नेपाली कांग्रेसले चाहेको खण्डामा उस्कै नेतृत्वमा सरकार बन्ने छ । तर त्यस्तो हुन नसके उस्ले पनि जसपालाई नै गर्ने चर्चा छ । यद्यपि कांग्रेसको रोजाई भने महन्थ ठाकुर नै हुने नेताहरुको दावी छ ।
जसपाको नेता को हुने ?
एता जसपालाई भने संसदिय दलको नेता छान्न हम्मे परिरहेको छ । जसपामा नेता बन्ने होडमा तत्कालिन संघिय समाजवादी पार्टीबाट यादव र राजपाबाट ठाकुर प्रत्यासी छन् । सकभर सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास रहेको छ, एक नेताले भने, ‘तर चुनाव हुने स्थिती आए राजपाको उम्मेदवार राजेन्द्र महतो हुनेछ ।’
महन्थ ठाकुरले आफु अध्यक्ष बनाए जस्तै सर्वसम्मत दलको नेता चयन गर्नुपर्ने मनशायमा छन । त्यसो नभए आफु चुनावमा नजाने र महतोलाई उम्मेदवार बनाउने तयारी राजपा पक्षको छ । नेपालमा सम्भावना नभएपनि राजनितिमा जे पनि सम्भव भएको र चिठ्ठा नै परयो भन्ने देशले पहिलो मधेशी प्रधानमन्त्री पाउने सम्भावना नजिक छ तर त्यो भाग्यशाली यादव, ठाकुर र महतो को हुने ? भन्ने विषय अहिले चर्चामा छ ।