पुरन रौनियार
जनकपुरधाम, फागुन २८ : प्रदेश २ का प्रमुख डा. राजेश अहिराज जनकपुरधामको एक विद्यालयमा कक्षा एकका विद्यार्थी पढाउन पुगेपछि शिक्षक शिक्षिका आश्चर्यचकित बने । देशकै पाको विद्यालयहरु मध्येका जनकपुरधामको एतिहासिक श्री सरस्वती मा.वि.मा पुगेर कक्षा १ का बच्चाहरुलाई आधा घण्टा पढाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९ स्थित देशकै पाको विद्यालयहरु मध्येका एक श्री सरस्वती उच्च मावीको कक्षा १ का बच्चाहरु पढाउदै गरेका यि व्यक्ति विद्यालयका शिक्षक नभई प्रदेश २ प्रमुख डा. राजेश अहिराज हुन । शुक्रवार दिउँसो करिव १ बजे अचानक विद्यालय पुगेका प्रदेश प्रमुख डा. अहिराज आफु कक्षा १ का बच्चाहरुको क्लाशमा केहि समय बिताउन चाहने इच्छा जाहेर गरेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले बताए ।
प्रदेश २ प्रमुख डा. अहिराज देशको एकसे एक हस्ती उत्पादन गर्ने एतिहाँसिक विद्यालयको जरजर अवस्था बारे बुझन र देश निर्माणमा अहम भुमिका खेलेका विभिन्न क्षेत्रका हस्तीहरु सो विद्यालयको कक्षा एक बाटै शिक्षा दिक्षा आर्जनको थालनी गरेकाले सो कक्षामा केहि समय बिताउन चाहेका रहेछन् ।
यि तिनै विद्यालय हुन जहाँबाट देशका प्रथम राष्ट्रपती डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधी, पुर्व गर्भनर सत्य प्यारा श्रेष्ठ र केयुका उपकुलपति सुरेश राज शर्मा जस्ता दर्जनौं हस्तीहरु उत्पादन गरेका छन् । तर आज यि विद्यालयको अवस्था र्जजर छ ।
वि.सं. २००४ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय ५० जना विद्यार्थी विद्यालय कक्षा १२ सम्म पढिरहेका छन् । २०७२ सालको विनाशकारी महाभुकम्प पछि विद्यालयको मुख्य भवन प्रयोग विहिन भएपनि पुर्ननिर्माणमा कसैको ध्यान जान सकेको छैन । तिन विघ्घा १९ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २०७०÷०७१ तथा ०७३÷०७४ मा नयाँ भवन बनाइए पनि पुरानो एतिहाँसिक भवन बिनाश हुने अवस्थामा पुगेको छ ।
प्रदेश २ प्रमुखले प्रदेश सरकारले अहिले सम्म विद्यालयका लागि के के गरेको छ भन्ने समेत बुझने प्रयास गरेका छन् । प्र.अ मण्डलले आन्तिरक मामिला तथा कानुन मन्त्री र समाजिक विकास मन्त्रीले निरिक्षण अवलोकन वाहेक केहि पनि हुन नसकेको बताएका थिए । जनकपुरधामका दानवीर परिवार समाजसेवी राम सागर रामस्वरुप परिवारको जग्गा सहयोगमा स्थापना भएको विद्यालयबाट पढेका मध्ये नेपालको वर्तमान राजनितिमा पनि सक्रिय शिर्षनेताहरु रहेकाले विद्यालयको बारेमा सोच्नु पेर्ने देखिन्छ ।