एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ : प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीले नेपाली पत्रकारिता, राजनिति र लोकतन्त्र स्थापनामा पुरयाउनु भएको योगदानको कदर स्वरुप उहाँको सम्मानमा प्रकाशन हुन लागेको अभिनन्दन ग्रन्थ प्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुसी व्यक्त गरेका छन् ।
आज एक बधाई तथा शुभकामना नोट जारी गर्दै मुख्यमन्त्री राउतले लेखेका छन्, ‘प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, देश र मधेशका दलित, उपेक्षित, उत्पीडित, अधिकार विहिन, सीमान्कृत सर्वसाधारण जनताको पहुँच, पहिचान र अधिकारका लागि अनवरत रुपमा लडाई लडदै आउनु भएका योद्धा, बौद्विक र स्वाभिमानी वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीज्यूले मुलुको राजनितिक परिवर्तण र सञ्चार क्षेत्रमा खेल्नु भएको अतुलनिय योगदानहरुको कदर स्वरुप र उहाँको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशनको खवरले एकदमै हर्षित भएका छौं ।’
यस्तो छ मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी बधाई तथा शुभकामना नोट :
प्रकाशनको चरणमा रहेको सो ग्रन्थमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव देखि देशकै विभिन्न क्षेत्रका बौद्विक व्यक्तित्वहरुले नेपालीको बारेमा आफनो बिचार लेख्नु भएको छ ।