एसपी रिपोर्टर
काठमाण्डौं, फागुन २४ : नेकपा प्रचण्ड–नेपाल समुहले दल सम्बन्धमा सर्वोच्चले गरेको फैसला राजनितिक फैसला रहेको निश्कर्ष निकालेको छ । सोमवार बसेको सो समुहको स्थायी समिति बैठकले सर्वोच्चको फैसला कार्यान्वयनमा धेरै चुनौतीहरु रहेको निश्कर्ष निकालेको छ ।
सो समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘म नेकपाको टिकटबाट जितेर आएको राष्ट्रियसभा सांसद हो, अव एकिकृत पार्टीलाई छोडेर तिमिहरु पुन आ–आफनो पुरानै पार्टीमा फर्केर जाँउ भन्नुको कुनै तुक छैन ।’
नेकपाको प्रचण्ड माधव समूहले आफ्ना अलग अलग पूर्वपार्टीमा रहने र सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको छ ।
करिब ३ वर्षअघि भएको तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतको आइतबारको फैसलाले निष्क्रिय बनाइदिएपछि प्रचण्ड– माधव समूहले सोमबार स्थायी कमिटी बैठकमा यस विषयमा छलफल गरेका थिए ।