पुरन रौनियार
जनकपुरधाम, फागुन २३ : भनिन्छ सत्य तितो हुन्छ । वास्तिविक हो पनि । कुनै पत्रकारले हेरेको सुनेको र बुझेको लेख्दा त्यो सत्य सवैका लागि सहि र स्वीकार्य नै हुनुपर्छ भन्ने छैन । कुनै पनि समाचार कसैको लागि पक्ष त कसैको लागि विपक्ष जस्तो लाग्न सक्नु स्वभाविक हो किनभने सुचना, समाचार र भावना फरक फरक विषय हो ।
प्रसंग शनिवारको मेरो एक स्टाटसको हो । शुक्रवार नेपालकै एक मुख्य शहरबाट एकजना पाको, अनुभवी र प्रसिद्व मिथिला आर्टका सारथीको फोन मेरो मोबाइलमा आयो । उहाँले मिथिला आर्ट गर्दाको मिहिनेत, विषय प्रतिको संवेदनशिलता, ज्ञान, त्यसको बजार, भविष्य मात्र भन्नु भएन समस्या र चुनौतीहरु समेत मलाई गम्भिरता पुर्वक सुनाउनु भयो । यहाँ जे कुरामा पनि जातियतालाई नै जोडिन्छ तर म संग कुराकानी गर्नुभएका चर्चित मिथिला आर्टका कलाकार मेरो जातको पनि होइन । उहाँको मिथिला आर्र्ट प्रतिको लगनशिलता हेर्दा उहाँको जात नै कलाकारी हो भन्ने मेरो बुझाई हो ।
उहाँले ति सवै कुरा मलाई नै सुनाउनुको मुख्य कारण थियो म प्रतिको उहाँको विश्वास । मेरो म्यासेन्जरमा एक तस्वीर पठाउदै उहाँले मलाई मोबाइलमा भन्नु भएको कुरा, ‘पुरन जी तपाँईहरु मिथिलाको राजधानी जनकपुरधाममा हुनुहुन्छ, तर के भन्ने हाम्रो लागि बडो दुःखको कुरो छ, त्यत्रो मिहिनेतले कसैले गरेको कामलाई आफनो भनेर कसरी देखाउन सकेका होलान ? त्यत्रो मिहिनेत गरेर बनाइएको एउटा सम्पुर्ण चित्रलाई कसैले आफनो भनिदिदाँ हाम्रो मिहिनेतको के मुल्याङ्कन ? सहितक समग्रमा भारत मधुवनीका एकजना चर्चित मिथिला आर्टकी कलाकारको पेन्टिङ्गमा अन्य व्यक्तिको नामको आर्ट भनेर लेखिएको प्रति उहाँको दुखेसो थियो ।’
उहाँले पठाउनु भएको तस्वीर म्यासेन्जरमा त्यती स्पष्ट थिएन र म विश्वस्त हुन सकिन उहाँलाई म बुझछु सर भनेर कुराकानीलाई विश्राम दिए । तर म प्रतिको उहाँको विश्वासलाई मैले सम्मान गर्ने पर्ने थियो । त्यसको भोली पल्ट शनिवार विहान पत्रकार दाजु विरेन्द्र रमणको मैले उठाउन नसकेको फोनको जवाफ दिन मैले उहाँलाई फोन गरे, उहाँले म जानकी मन्दिर प्राङ्गनको कार्यक्रम हेर्दै छु भनेर भन्नुभयो । मलाई पनि म्यासेन्जरमा पाएको ति तस्वीरको यर्थातता बुझने मन भएकाले म तुरन्त जानकी मन्दिर गए र त्यो वास्तविक तस्वीरलाई खोजेर पुनः फोटो खिचे ।
गुगल खोलेर त्यस्तै हुबहु आर्ट अर्का व्यक्तिको नाममा रहेको पनि हेरे । मेरो त्यो कार्य कुनै गलत मनशायले नभई पत्रकारिताको धर्म निर्वाह रहेकाले मैले सो विषय विरेन्द्र दाई लाई पनि शेयर गरेकै हो । उहाँलाई पनि आश्चर्य लाग्यो । विद्वानहरुको कार्यक्रममा यत्रो भुल र त्रुटी कसरी भन्ने हाम्रो उत्सुकता थियो । पत्रकारितामा को पहिला भन्ने प्रतिस्पर्धा स्वभाविक हो । मैले चाहेको भए त्यस विषयलाई सुन्दर स्टोरी बनाएर समाचाको रुपमा पनि लेख्न सक्थे तर मैले अहिलेको प्रभावकारी समाजिक सञ्जाल फेसबुकमा त्यो विषय सम्बन्धित क्षेत्र र जानकारहरु मात्र बुझने गरि तत्कालै पोष्ट गरे ।

सम्बन्धित व्यक्तिलाई मेरो त्यस पोष्टले चित दुखेको होला तर त्यो मेरो दायित्व मात्र होइन मेरो कर्म र धर्म पनि हो । जुन व्यक्तिले मेरो धर्म र दायित्व बुझेर मलाई आफनो पेशा भित्रको गलत प्रवृतीका बारेमा सुचना दिनु भएको थियो त्यसलाई सम्मान गर्नु पर्ने मेरो कर्तब्य र दायित्व हो । आज सम्बन्धित व्यक्तिलाई अनेकन भ्रम हुने कुराहरु लगाउने गरिएको भएपनि त्यो एक पत्रकारको दायित्व हो भनेर बुझन जरुरी छ ।
आर्टका कलाकार अति संवेदनशिल हुन जरुरी छ । हरेक रंगको छनौट देखि रंगको प्रयोग, समन्वय, चित्रको सार्थकता देखि लिएर पेन्टिङ्गका कलाकारहरु हरेक कदम कदममा सोच्नु पर्ने हुन्छ तर यत्रो भुल हुँदा पनि त्यस प्रति ध्यान नजानु लापरवाही नै देखिन्छ । देशका विभिन्न क्षेत्रका जानकारहरुको पहुँच रहेको साहित्य महोत्सवमा गरिएको त्यो भुल वास्तवमै समान्य भने होइन । गल्ती जो सुकैको होस तर हिजो गरिएको भुललाई आज त्रुटीका रुपमा स्वीकार गरिएको छ भने त्रुटी प्रति क्षमा याचना समेत गरिएको छ । यो आफैमा सकारात्मक पनि हो । आफुले गरेको भुल स्वीकार गर्नु पनि ठुलो महानता नै हो ।

जसरी एउटा कलाकारले आफनो पेन्टिङ्गका माध्यमले समाजको विभिन्न प्रसंगलाई चित्रण गर्ने काम गर्छ पत्रकारिता र पत्रकारले पनि समाचार र सुचनाको माध्यमले समाजका अनेकन प्रसंग वाहिर ल्याउने काम गर्दछ भन्ने बुझन सक्यौं भने मात्र एक अर्काको सम्मान हुने छ । धन्यवाद