एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : पिछडा वर्ग ओविसी महासभाले बैशाख ११ गते मधेश बन्दको आवहान गरेको छ । आफुहरुको पटक पटकको ध्यानाकर्षण तथा दबाबका बाबजुद पनि सरकार नसुनेपछि बाध्य भएर विभिन्न चरणको आन्दोलनमा जान परेको महासभाका सह महासचिव नागेन्द्र सिंहद्वारा जारी विज्ञप्तीमा उल्लखे छ ।

जन्मसिद्व नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, पिछडावर्ग ओविसी आयोग गठन गर्नुपर्ने सहितका पाँच सुत्रिय मांग राख्दै महासभाले मधेश बन्द अगाडि चैत १९ देखि बैशाख १० सम्म विभिन्न चरणमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो सहितकाले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि आफना मांग र आन्दोलनको कार्यक्रम बारे जानकारी गराएको छ ।
यस्तो छ महासभाको आन्दोलनका कार्यक्रम :
