एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : भाषा, कला, संस्कृती तथा नाट्य क्षेत्रमा काम गर्ने जनकपुरधामको चर्चित संस्था मिथिला नाट्यकला परिषद (मिनाप)को नयाँ कार्यसमितिको सपथ ग्रह्ण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मिनापको नव निर्मित भवनमा आयोजित समारोहका बिच सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ ।
४१ औैं साधारणसभाको अध्यक्ष मण्डलका संयोजक तथा मिनापका पुर्व अध्यक्ष शुनिल मिश्रले नयाँ कार्यसमितिका अध्यक्ष परमेश झा सहितका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गराएका थिए । मैथिली भाषाको उत्थान र विकास विस्तारमा सदैव तत्पर रहने भन्दै माँँ मैथिलीको नाँउमा उनीहरुले सपथ ग्रहण गरेका हुन ।
सोहि अवसरमा मिनापले प्रत्येक साधारणसभामा गर्दै आएको सम्मान यस वर्ष समेत छ जनालाई प्रदान गरेको छ । यस वर्ष मिनापका संस्थापक तथा पुर्व महासचिव राधेश्याम पोदारलाई सम्मान गरिएको छ भने मर्नोपरान्त स्व. सखिचन महरालाई सम्मान गरिएको छ । मिनापले पहिला लोकनाटक सलहेश २०५५÷०५६ तिर काठमाण्डौंमा प्रदर्शन गर्दा महरा मिनापको बाद्यबाधन (नंगेरा) बजाएका थिए । उनको सम्मान र कदर पत्र मिनापका वर्तमान सदस्य गंगाकान्त मिश्रले ग्रहण गरि उनको परिवारजनलाई बुझाएका छन् ।
त्यसै गरि चारजना पत्रकारहरुलाई समेत मिनापले सम्मान गरेको छ । सम्मानित हुनेमा एसपी खवरका सम्पादक पुरन साह, पत्रकार तथा साहित्यकार नित्यानन्द मण्डल, अन्नपुर्ण पोष्टकी मनिका झा र जनकपुर टुडेका संजिव झा रहेका छन् । २०३६ सालमा स्थापनका भएको मिनापले आफनो ४१ औं साधारणसभामै गर्नुपर्ने सम्मान प्राविधिक कारणवस सपथ ग्रहण समारोहका दिन आज प्रदान गरेको हो । सम्मानित सवैलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गरिएको छ ।
प्रमुख अतिथि प्रदेश सांसद परमेश्वर साह, अति विशिष्ठ अतिथि विद्वान डा. राजेन्द्र प्रसाद विमल, साहित्यकार तथा राजनितिज्ञ रोशन जनकपुरी सहितकाले आफना शुभकामना मनतब्य सहित सम्बोधन गरेको समारोहमा पत्रकार मनिका झा, नित्यानन्द मण्डल, अशोक दत्त, अनिल कर्ण, युवा अगुवा शुसिल कर्ण सहितकाले शुभकामना मन्तब्य राखेका थिए । अध्यक्ष परमेश झाको अध्यक्षतामा भएको कार्यक्रममा मिनापका पुर्व अध्यक्ष शुनिल मल्लिक, प्रमोद चौधरी, शैलेन्द्र मल्लिक सन्दिप साह सहित कलाकारहरुको सहभागिता थियो ।