FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विप्लवसंगको सहमती धमाधम कार्यान्वयनमा, यस्तो छ सरकारको आजको निर्णय

विप्लवसंगको सहमती धमाधम कार्यान्वयनमा, यस्तो छ सरकारको आजको निर्णय
  • 79
    Shares

एसपी रिपोर्टर
काठमाण्डौं, फागुन २० :
सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’ साथै सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्रबहादुर खत्रीका अनुसार बास्तोलालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । ‘केही कागज तयार गर्न आज ढिला भयो, भोलि दिउँसोसम्ममा उहाँ छुट्नुहुन्छ’ उनले भने ।

चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको बताए । उनले भने ‘उहाँको मुद्दा नवलपरासीमा थियो, उपचारका लागि मात्र यहाँ राखेका थियौं ।’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

Tags: सरकार सक्रिय

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज
आर्थिक

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

1 day ago
जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी
एस.पी. खबर विशेष

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

2 days ago
व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै
आर्थिक

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

2 days ago
श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु
एस.पी. खबर विशेष

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

3 days ago
जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने
एस.पी. खबर विशेष

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

2 weeks ago
घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास
एस.पी. खबर विशेष

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

2 weeks ago
नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ
एस.पी. खबर विशेष

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

2 weeks ago
रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन
एस.पी. खबर विशेष

रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन

2 weeks ago
डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश
एस.पी. खबर विशेष

डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश

2 weeks ago
तराई मधेशमा आज होली धुमधामका साथ मनाइदै
एस.पी. खबर विशेष

तराई मधेशमा आज होली धुमधामका साथ मनाइदै

2 weeks ago

ताजा समाचार

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy