एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० : बुधवार बेलुकी जानकी मन्दिरको प्राङ्गणमा जनकपुर साहित्य महोत्सवको समुदघाटन कार्यक्रम थियो । संजोगवस फागुन १९ देखि २२ सम्म चार दिवसीय सो महोत्सवको मुल आयोजक नव मिथिला फाउन्डेशनकै अध्यक्ष अमित झाको बुधवार भएको असमायिक दुःखद निधनले शोकका बिच भएको समुदघाटन समारोहमा विभिन्न वक्ताहरु बोल्ने क्रममा जनकपुरधामका लागि नव विचार सोँच र चिन्तन गर्ने एक होनहार युवाको निधनले जनकपुरधामलाई ठुलो क्षती भएको धारणा राखेका थिए भने उनीहरुको वकत्ब्यमा पनि शोक झल्किन्थ्यो ।
सोहि समुदघाटन समारोहको अन्त्यमा थप एक पृथ्क दृश्य पनि देखियो । शोकलाई शक्तिमा बदल्न बुधवारै आयोजित समुदघाटन समारोहलाई निरन्तरता दिइएकोमा समारोहका प्रमुख अतिथि संघिय लोकतान्त्रि गणतन्त्र नेपालका प्रथम राष्ट्रपती डा. रामवरण यादव आफनो शुभकामना मन्तब्य राख्न मञ्चमा के पुगेका थिए एक नाबालक उनी बसेको कुर्सीमा बसे । छेउमै बसेका समारोहका विशिष्ठ अतिथिहरु मुख्यमन्त्री लालबाबु राउत, मुख्य वक्ता संघिय सांसद बिनोद चौधरी, जनकपुरधामका मेयर लाल किशोर साह समेत बुसीमा गएर मज्जाले बसेका बालकलाई न केहि भन्न सकेन र बालकले पनि उनीहरुलाई टुलुटुलु हेरिरहे ।
बालकलाई निडर भन्ने कि अज्ञानी भन्ने, न उनको मनमा कुनै संकोच र डर नै थियो न त म कहाँ बसेको हो भनेर कुनै ज्ञान नै । छेउछाउका अतिथिहरु बालकलाई हेरेर मुसकुराइरहँदा बालक पनि उनीहरुलाई टुलुटुलु हेरिरहे र डराएनन । जव प्रथम राष्ट्रपतीको सम्बोधन सम्पन्न भयो अनि मात्र बालक कुर्सी छोडेका थिए ।
राष्ट्रपतीकै कुर्सीमा किन बसे बालक ?
एसपी खवरले ति वालकको पहिचान पता लगाउन नसकेपनि बालकको त्यो कर्सीको रोजाई त्यसमा बस्ने साहस र हिम्मत तथा संजोगको विभिन्न विश्लेषण गरिदै छ । गणतन्त्र स्थापनाका लागि विर शहिद र्दुगानन्द झाले राजामाथी बम प्रहार गरेको स्थलमा आयोजित कार्यक्रममा प्रथम राष्ट्रपतीको कुर्सीमा नाबालक बस्नुले ति बालक भविष्यमा राजनितिमा असाधारण व्यक्तिहुने चर्चा छ ।
त्यती सहभागिताका बिच प्रमुख अतिथिकै कुर्सीमा दुवै खुट्टा माथी राखेर निडर र निसंकोच बसेका बालक अज्ञानी रुपमा भविष्यका चर्चित राजनितिज्ञ हुने सक्ने अनुमान पनि कतिपयको छ । उनको निडरता र प्रथम राष्ट्रपतीको भाषण प्रतिको ध्यान र आकर्षण पनि हेर्न लायक रहेको कानेखुसी समेत जानकारहरुमा भइरहेको थियो ।
यद्यपि कतिपयले नेपालको राजनितिमा कुर्सी मात्र प्राथमिकतामा रहने गरेको भन्दै अव बालक र बच्चालाई पनि कुर्सी प्रति नै आकषर्ण हुन थालेको पनि चर्चा भने नभएको पनि होइन ।