FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

ओली–विप्लव केमिस्ट्रीले औपचारिकता पाउदै, छुटदै विप्लव समुहका राजनितिक धुरन्दरहरु

ओली–विप्लव केमिस्ट्रीले औपचारिकता पाउदै, छुटदै विप्लव समुहका राजनितिक धुरन्दरहरु
  • 164
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० :
नेपाल सरकार र प्रतिबन्धित विप्लव समुह बिच तिन बुँदे सहमती भएसंगै नेकपा ओली समुह र विप्लव समुह बिच कार्यगत एकता हुने औपचारिक बाटो खुलेको छ । राजनितिक जानकारहरु त पार्टीगत एकता सम्मको आंकलन गरिरहेका छन् । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ । आज बिहान भएको दोस्रो चरणको वार्तामा सहमति जुटेको हो ।

सहमति अनुसार सरकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलाप गर्ने भएको छ । साथै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने, नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति सरकार र विप्लव पक्षबीच भएको छ ।

बन्दी रिहाई संगै विभिन्न घटना र प्रकरणहरुमा कैदबन्दीको जिवन बिताइरहेका विप्लव समुहका नेता कार्यक्रताहरुको रिहाई हुने र उनीहरु पनि खुल्ला राजनितिमा आउने बाटो खुलेको हो ।

यस्तो छ कार्यगत एकता अघि बढाउने योजना

फागुन २१ गते दिनको २ बजे विशेष समारोहकाबीच सहमती सार्वजनिक गरिने सहमति पनि भएको छ । उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । सहमतिको हस्ताक्षरमा विप्लवका तर्फबाट दुवै पक्षका वार्ता टोलीका प्रमुख प्रकाण्ड र सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

यसै बिच सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएपछि सरकार र विप्लव समूहबीच भएको सहमतिलाई विभिन्न दलका नेताहरुले स्वागत गरेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापाले ट्वीट गर्दै सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । यस्तै जनता समाजवादीका नेता उपेन्द्र यादवले विप्लव नेतृत्वको दल शान्तिपूर्ण रुपमा राजनीतिका आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए । यादवले अहिले शान्तिपूर्ण राजनीतिमा आएपनि आगामी दिनमा कसरी अगाडि बढ्छन् त्यो महत्वपूर्ण हुने उल्लेख गरे ।

नेकपा प्रचण्ड–नेपाल पक्ष नेता पम्फा भुसालले पार्टीमा सहमतिबिना विप्लवलाई प्रतिबन्ध लगाइएको उल्लेख गर्दै अहिले प्रतिबन्ध फुकुवा गर्नु सामान्य कुरा भएको उल्लेख गरिन् । उनले यसलाई सरकारको सफलतासँग जोड्न नहुने तर्क गरिन । नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक रहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतामा रहेर राजनीति गर्नु, संविधानप्रति प्रति प्रतिबद्ध हुनु सकारात्मक विषय भएको प्रतिक्रिया दिए । यसैगरी सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको नेकपा मालेले पनि स्वागत गरेको छ ।

Tags: ओली–विप्लव केमिस्ट्री

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज
आर्थिक

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

1 day ago
जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी
एस.पी. खबर विशेष

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

2 days ago
व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै
आर्थिक

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

2 days ago
श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु
एस.पी. खबर विशेष

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

3 days ago
जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने
एस.पी. खबर विशेष

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

2 weeks ago
घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास
एस.पी. खबर विशेष

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

2 weeks ago
नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ
एस.पी. खबर विशेष

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

2 weeks ago
रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन
एस.पी. खबर विशेष

रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन

2 weeks ago
डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश
एस.पी. खबर विशेष

डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश

2 weeks ago
तराई मधेशमा आज होली धुमधामका साथ मनाइदै
एस.पी. खबर विशेष

तराई मधेशमा आज होली धुमधामका साथ मनाइदै

2 weeks ago

ताजा समाचार

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy