एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १८ : ‘वाश इन स्कुल’ अर्थात बिद्यालयको खानेपानी तथा स्वच्छता र सरसफाई सम्बन्धमा शिक्षकहरुलाई तिन दिवसीय तालिम प्रदान गरिएको छ । युनिसेफको आर्थिक सहयोग र महोतरीको मठिहानी नगरपालिका तथा महोतरी गाँउपालिकाको समेत १० प्रतिशत आर्थिक सहयोगमा जिल्लाका २० सामुदायिक विद्यालयका २० जना शिक्षक सहित २२ शिक्षकहरुलाई तालिम दिइएको छ ।

मठिहानी तथा महोतरी पालिकाको शिक्षा शाखाका दुईजना शिक्षक गरि २२ जनालाई दिइएको तालिममा बिद्यालयमा सरसफाईमा सवैको पहुँच जस्तै बालमैत्री, अपाङ्ग मैत्री तथा महिला मैत्री सरसफाईको वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको छ । प्रदेश २ को ८० प्रतिशत विद्यालयहरुमा सरसफाईका खानेपानी तथा शौचालय सहितको भौतीक संरचना भएपनि २० प्रतिशत विद्यालयमा मात्र पुर्ण रुपमा प्रयोगमा रहेकाले महोतरीमा रतौली युवा क्लवको सहजीकरणमा बिद्यालयमा पहुँचयुक्त परिक्षण गरेर मर्मत सम्भार थालिएको समेत कार्यक्रम संयोजक रुपेश कुमार ठाकुरले बताए ।

क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीका अनुसार नेपाल सरकारको सचिव स्तरीय निर्णयबाट अनुमोदित विद्यालय खानेपानी तगा सरसफाई कार्यविधी अनुरुप स्टार एप्रोच (तारा पद्वती) अनुसार विद्यालयलाई बर्गिकरण गर्दै सो स्टार एप्रोच सम्म पुरयाउने लक्ष्यका साथ १० वटा सुचकमा कसरी काम गर्ने विषयमा प्रशिक्षण केन्द्रित थियो । बिद्यालयका वाश फोकल टिचरहरुलाई प्रशिक्षण दिइएको क्लवका कार्यक्रम संयोजक ठाकुरले बताए । भोली देखि विद्यालयका कार्यालय सहयोगीहरु संरचना मर्मत सम्भार विषयमा दुई दिने तालिम प्रदान गरिने समेत बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !