एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : श्री दशरथ युवा किमिटिले भब्य रुपमा महाशिवरात्री मनाउने भएका छन् । दशरथ तलाउ छेउमै रहेको श्री नागेश्वर महादेव मन्दिरका साथै मन्दिर अगाडि रहेको तुलसी दास पार्कमा मुर्ती समेत स्थापना गरि यस वर्ष भब्य रुपमा महा शिवरात्री मनाउने तयारी भइरहेको कमिटिका अध्यक्ष लव झाले बताए ।

२०६६ सालमा स्थापना भएको कमिटिले निरन्तर प्रत्येक वर्ष महा शिवरात्री मनाउदै आएकोमा यस वर्ष विशेष रुपमा मनाउने तयारी गरिएको उनको भनाई छ । दशरथ तलाउ, मन्दिर, पार्क सहितको सरसफाई, सौन्दर्यकरण सहित मुर्ती स्थापनाको काम भइरहेको झाले बताए । विवाह पञ्चमीको अवसरमा यस वर्ष हामी दशरथ तलाउमा दिपोत्सव गर्यौं झा ले भने, ‘अव महाशिवरात्री धुमधामका साथ मनाउने तयारीमा छौं ।’