एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १५ : प्रधानमन्त्री केपि शर्मा ओलीले कांग्रेसका सभापति देउवासंग आफनो ४० वर्ष देखिको परमानेन्ट एग्रीमेन्ट रहेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तरवार्ता दिदै प्रधामन्त्री ओलीले भने, ‘लोकतन्त्र रक्षाका लागि देउवासंग लिखित, मौखिक, जेन्टलम्यान सवै एग्रीमेन्ट भएको छ ।’
प्रधामन्त्री ओलीले भने, ‘म राजिनामा पत्र लेख्दिन, अविश्वास फेश होइन फेल गर्छु ।’ २३ गते संसदको बैठक बस्ने भन्दै ओलीले कांग्रेस र मधेशवादी दल प्रधानमन्त्री र्फेनकै लागि नबनेकाले हतार नगर्ने दावी गरेका छन् । कसैले प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दा उसलाई प्रधानमन्त्री बनाउनकै लागि कांग्रेस र मधेशवादी लाग्छ भन्ने विश्वास आफुलाई नरहेको उनको तर्क छ ।