एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि महासंघ धनुषा शाखाले ‘निर्वाचन समिति २०७७’ गठन गरेको छ । महासंघको केन्द्रिय सर्कुलर तथा गत फागुन १३ गतेको परिपत्र अनुसार आज बसेको महासंघ धनुषा शााखा कार्यसमितिको बैठकले वरिष्ठ पत्रकार बिश्वमनी (बिएम) खनालको संयोजकत्वमा तिन सदस्सीय समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा वरिष्ठ पत्रकार तोरण कुमार कार्की तथा अधिवक्ता राजकुमार महासेठ छन् । महासेठ महासंघ धनुषा शाखाको कानुनी सल्लाहकार समेत हुन । चैतको पहिलो साता महासंघको तिनै तहको निर्वाचन जिल्ला जिल्लाबाटै हुन गइरहेको छ । केन्द्र, प्रदेश तथा जिल्ला तिनै तहको निर्वाचनका लागि जिल्ला शाखाहरुले निर्वाचन समिति गठन गरिरहेको छ ।
जिल्लाकै निर्वाचन समितिले तिनै तहको निर्वाचन गरि मत परिणाम सार्वजानिक गर्ने छ । देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि पत्रकारहरुको छाता संगठन महासंघ पहिलो पटक तिनै तहको प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्न लागेको हो ।