एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ : पुर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान रक्षाको लागि न्यायालयले लिएको निर्णय सम्मानजनक रहेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपती जस्तो गरिमामय संस्थाको कारण समेत संविधान नै धरापमा परेपछि न्यायालयले उचित निर्णय लिएर संविधानको रक्षा गरेको उनले बताए ।
नेपाली कांग्रेसका गांधीवादी नेत स्व.महेन्द्र नारायण निधीको ९९ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस धनुषाद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपती डा. यादवले भने, ‘संविधान र जनतामुखि निर्णयका लागि सर्वोच्च अदालतलाई धन्यवाद र सम्मान अर्पण गर्दछु ।’

वर्तमान संविधानमा त्रुटीहरु रहेपनि संविधान लोकतान्त्रिक दस्तावेज भएकाले कमीकमजोरी सुधारदै जानु पर्ने तर संविधानमा धेरै उपलब्धीहरु रहेकाले त्यसको रक्षा गर्न समेत आवयश्क रहेको बताए । उनले अगाडि भने, ‘हल्लाहरु सुन्दा त लाग्थ्यो कहि राष्ट्रपतीको संस्था नै गायव न भइहालोस अनि हामी आया राम गया राम जस्तै हुन्थ्यौं ।’

कार्यक्रममा बोलेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री रामकृष्ण यादवले कांग्रेस सरकारमा जान नहुने बताएका थिए भने अर्का पुर्व मन्त्री महेन्द्र यादवले कांग्रेस सरकारमा जानै पर्ने बताए । कार्यक्रममा प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले २०५१ सालमा गिरिजा प्रसाद कोइरालाको विकल्पमा महेन्द्र नारायण निधीलाई शासकहरुले स्वीकार गरेको भए आज यत्रो उताव चढावको सामना नै गर्न प¥िथएन ।
कांग्रेस धनुषाका सभापती महेश शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रामसरोज यादव, स्मृती नारायण चौधरी, स्व. निधीकी सुपुत्रीहरु सहित, प्रदेश सांसद र नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो । सवै वक्ताहरुले स्व.निधीको योगदान र व्यक्तित्वको चर्चा गर्नुका साथै उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका थिए ।