एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ : स्र्वोच्च अदालतले संसद पुर्नस्थापनाको आदेश दिएसंगै देशै भरि खुसिहाली छाएको छ । संसद पुर्नस्थापनाका लागि लडाई झै आन्दोलन गरेको नेकपा प्रचण्ड–नेपाल समुह स्र्वोच्चको निर्णय जनताको जित रहेको भन्दै लड्डु बाडदै खुसीहाली मनाइ रहेको छ भने ओली समुह पनि स्र्वोच्चको आदेशलाई अस्वीकार गर्न सकेको छैन् ।
ओली समुहको प्रवक्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्र्वोच्चको आदेश स्वीकार गर्ने बताइसकेको छ । संसद पुर्नस्थापना हुने गंध प्रधानमन्त्री ओलीलाई केहि दिन अगाडि नै लागि सकेको बताइन्छ । आज प्रधानमन्त्री केपि शर्मा ओलीले बोलाएको सुरक्षा परिषदको बैठकमा सेना परिचालनको विषयमा सेना र शस्त्र प्रहरी बलको खटपट भएपनि एक मात्र अस्त्र सेना परिचालनको निर्णयबाट समेत प्रधानमन्त्री ओली पछाडि हटेको स्रोतको भनाई छ ।

संविधानको रक्षा, जनताको व्यापक चासो र अपेक्षाको दबाबमा स्र्वोच्च अदालतले सहित निर्णय लिएको एकाथरीको विश्लेषण छ भने आफनो कुर्सी बचाउन प्रधानमन्त्री ओलीले कसै संग कुनै सल्लाह नगरि संसद विघटन गरेकाले प्रधानमन्त्री आज हारेको कतिपयको विश्लेषण छ ।
प्रधानमन्त्री रणनिति भन्दा पनि आक्रोसको झोँकमा निर्णय लिएकाले हारको सामना गर्न परेको जानकारहरु बताउछन् भने कतिपयले प्रधानमन्त्रीको एक्लो साहसको सराहना गरिरहेको छ । विश्लेषण अनेक भएपनि देशमा अदालत, कानुन र विधिको शासन छ भने कुरा आजको स्र्वोच्च अदालतको निर्णयले सावित भएको छ ।