एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बिज्ञप्ती संगै प्रचण्ड–नेपाल समुह शंसकित बनेको बताइन्छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैले विज्ञप्ति जारी गर्दै भनेका छन, ‘आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल हो ।’
उनले अगाडि भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’ यस्ले वर्तमान सत्ता पक्ष ओली समुह र विप्लव बिच कुनै भद्र सहमती भएको र चुनावी एकता सम्मको तयारी भएको अनुमान गरिएको छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डले आन्दोलनको स्वरुप परिवर्तण गर्ने बताइरहँदा विप्लवको सरकारप्रतिको लचकताले प्रचण्ड–नेपाल समुहलाई शंसकित बनाएको विश्लेषण हुन थालेको छ । अगामि निर्वाचनमा प्रचण्ड–नेपाल समुहलाई साइजमा ल्याउन ओली समुह जस्तो सुकै कदम चाल्न सक्ने आंकलन भइरहेको छ ।