एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ५ : जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा क्यान्सर विभाग समेत सञ्चालनमा आएको छ । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश २ का जनता क्यान्सरको उपचार गर्न चितवन र काठमाण्डौं सहितका ठाँउहरुमा ठगिने र भौतारिने गरेको भन्दै जनकपुरधाममा क्यान्सर उपचारको विस्तारका लागि विभागको स्थापना गरि समुदघाटन गरिएको बताए ।
मन्त्री साहले भने, ‘चितवन र काठमाण्डौंमा मधेशी त्यसमा पनि क्यान्सर जस्ता रोगबाट पिडितहरुलाई कति ठग्छ कति ।’ उनले अव छिट्टै आधुनिक उपकरण सहित क्यान्सरको गुस्तरीय उपचारका लागि चाहिने आधारहरु तयार गरिने समेत बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुदघाटन पुर्व मन्त्री साहले आजै क्यान्सर विभागको शुभारम्भ गरेका हुन ।
विभागले क्यान्सर रोगको पहिचान र पिडितको काउन्सेलिङ्ग गर्नुका साथै यहिबाटै पनि यथा सिघ्र कसरी सम्पुर्ण उपचार गर्न सकिन्छ भन्ने पुर्वाधारहरुको तयारी समेत गर्ने बताइएको छ । सो अवसरमा अस्पतालका मेसु डा. प्रमोद यादव, अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह सहितको उपस्थिती थियो ।