एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ : जनता समाजवादी पार्टी जसपा नेपालले जनकपुरधाममा मशाल जुलुश प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमका विरुद्व चरणवद्व आन्दोलनमा रहेको जसपाले आज जनकपुरधाममा मशाल प्रदर्शन गरेको हो ।

प्रदेशसभा सांसदहरुको समेत सहभागिता रहेको जसपाको मशाल जुलुश जनकपुरधामको रेल्वे स्टेशनवाट सुरु भई भानुचौक, शिवचौक हुदै जनकचौकमा पुगेर सम्पन्न भएको छ ।

मशाल जुलुशमा प्रदेश सांसद परमेश्वर साह, अशोक यादव,नेताहरु प्रमोद यादव, ज्ञानेन्द्र झा ज्ञानु सहित जसपावाट निर्वाचित वडा अध्यक्षहरु, महिला नेतृ तथा युवाहरुको सहभागिता रहेको थियो ।

