एसपी रिपोर्टर
काठमाण्डौं, माघ २८ : नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड–माधव समूह)को विरोधसभा काठमाण्डौंमा सुरु भएको छ । सभालाई गत नेपाल बन्दको क्रममा जनकपुरधाममा घाइते भएका नेता रामचन्द्र झाले झुठहरुलाई साचो देखाउने काम मात्र ओलीले गर्न सकेको बताएका छन् । उनले समय कम रहेको भन्दै ओलीसंग मिल्ने केहि सायरीहरु नै मञ्चमा प्रस्तुत गरेका छन् ।
![](https://spkhabar.com/wp-content/uploads/2021/02/r-c-jj-1024x651.jpg)
‘तुम्हारे पाउके के निचे कोइ जमीन नहि
कमाल ए है कि फिर भी तुम्हे एकिन नही
मै इस घनघोर अन्धेरोको सुवह कैसे कहुँ
मै इन नजारोका आन्दातास्विन नहि’
‘कौन कहता है आकासमे सुराग हो नही नसक्ता ?
एक पत्थर तो पुरी तबियतसे तो उछालो यारो’
‘लोग टुट जाते है एक घर बनानेमे
और इन्हे सरम नहि आया पुरे बस्ती जलानेमे’
‘पिर पर्वत हो गई आव तो पिघलनी चाहिए
इस हिमालय से कोई गंगा निकल्नी चाहिए
मेरे शिने मे नहि तो तेरे शिने सही
आग हो कही फिर आग जल्नी चाहिए’
नेता झाले माथीका चार सायरीहरु प्रधानमन्त्री ओलीलाई संकेत गरेका छन् । उनले ओलीको पैताला मुनी विकास, राष्ट्रवाद केहि पनि वाँकी नरहेको बताए । उनले भ्रष्टाचार गर्न मात्र विकासको तस्वीर देखाउने गरिएको समेत बताए । संसद विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहले यो विरोधसभालाई निर्णायक भनेको छ । यसअघि प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।