एसपी रिपोर्टर
काठमाण्डौं, माघ २३ : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले जनयुद्वका सम्पुर्ण पिडितहरुलाई क्षतीपुर्ती दिइने बताएका छन् । काठमाण्डौंको नारायणहिटी संग्रहालय अगाडि आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले के के भने त ? बुदाँगत रुपमा तल प्रस्तुत छ ।
काठमाण्डौंमा सभा गर्ने ठुलो ठाँउ पाइएन । देशको सवै भन्दा ठुलो पार्टी यहि हो ।
लोकतन्त्र ल्याउन सवै भन्दा अग्रगतीको पार्टी ।
यो पार्टी नै मुल पार्टी हो जसको सभामा जनता अटाई रहेको छैन ।
आजको सभामा जनतालाई रोक्न नेपाल बन्द गरियो ।
किसानको तरकारी र फलफुल फालियो ।
गरिवको पसल र टयाक्सी तोडफोड गरियो ।
साकाहारी आन्दोलनदले भएन भन्नु के हो ? चिकन चिल्ली चाहियो ?
हिजो नेपाल बन्दमा भएको गरिव जनताको नोक्सान सरकारले दिन्छ ।
प्रचण्ड समुहले बम राखेर जनता तर्साउने र सभालाई असर गर्ने काम गरयो ।
देशकै सब भन्दा ठुलो जनसभा आजकै हो ।
जुन बालबालिको साहारा छैन उस्को अभिभावक सरकार छ ।
देशमा जस्को साहारा छैन उ सवैको साहारा सरकार हुन्छ ।

सक्कली र नक्कली पार्टी आज प्रमाणित भएको छ ।
माओवादी द्वन्द्वकालका सम्पुर्ण पिडित परिवारलाई राहत तथा क्षतीपुर्ती ।
नक्सा छापिन संविधान संसोधन हुने वितिकै मलाई हटाउने अभियान सुरु ।
मधेशी जनताको विकास नहेर्ने मधेशीको नाउँमा राजनिति गर्ने काम भयो ।
देश चुनाव तर्फ गयो गयो सवै फैसला चुनावको माध्यमले जनताबाट हुनेछ ।
राजतन्त्रको पक्षमा कदापि जान्नौ, संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्छौ ।
जेल बसेर ल्याएको यि तमाम परिवर्तणको विरोध गर्न सकिन्न ।
सुरक्षाकर्मीलाई जनताको सेवा गरेकाले हार्दिक धन्यवाद दिन चाहन्छौं ।
आजको सभाले भएको असुविधाका लागि क्षमायाचना गर्न चाहन्छु ।
च्यालेन्ज गरिएकाले देखाउनै पर्ने भएकाले यो सभा गरिएको छ ।
आजको सभा काष्टिङ्ग मात्र हो आवयश्क परे काठमाण्डौं भरि सभा गर्छु ।
फाल्गुन १ गते बुटवल र ८ गते विराटनगरमा जनसभा गर्छु ।
देशकै विभिन्न जिल्लामा डिजेल, पेट्रोल तथा खनिज र स्टीलको खानी पता लाग्यो अव कारखाना खोल्ने हो ।