एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : जनकपुरधाममा प्रहरीसंगको झडपमा घाइते भएका चारजनालाई काठमाण्डौं रेफर गरिएको छ ।
नेकपा प्रचण्ड–नेपाल समुहका नेता पुर्व मन्त्री रामचन्द्र झा, मातृका प्रसाद यादव, धनुषा शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादव र प्रदिप साहलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाण्डौं रेफर गरिएको छ ।

बन्दकर्ता नेकपा प्रचण्ड–माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच जनकपुरधामको शिवचौकमा झडप भएको छ थियो । जनकपुरधामका पसल बजारहरु बन्द गराउदै हिडेका प्रदर्शनकारीहरु जानकीचौकवाट जनकचौक हुदै शिवचौक पुगेपछि विपरित दिसावाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रह्रीले हवाय फायर खोेले पछि झडप भएको थियो ।
