एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : बन्दकर्ता नेकपा प्रचण्ड–माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच जनकपुरधाममा झडप भएको छ ।
सो क्रममा प्रहरीले दर्जन राउण्ड हवाय फायर गरेको छ । जनकपुरधामका पसल बजारहरु बन्द गराउदै हिडेका प्रदर्शनकारीहरु जानकीचौकवाट जनकचौक हुदै शिवचौक पुगेपछि विपरित दिसावाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रह्रीले हवाय फायर खोेले पछि झडप भएको छ ।

गाडीमा तोडफोड हुनै लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृका प्रसाद यादवले प्रहरी र प्रर्दशनकारीलाई सम्झाउनै लाग्दा जनकचौकबाट प्रहरी निरिक्षक अशोक झाले हवाय फायर गर्न थालेपछि प्रदर्शनकारी उग्र बने र तनाव उत्पन्न भएको छ । केहि नेता कार्यक्रतालाई पक्राउ गरेका प्रहरी आँश्रुग्यास समेत प्रहार गरि प्रदर्शनकारीलाई भानुचौक तर्फ धपाएका हुन ।