एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ : प्रदेश २ प्रदेशसभाका सभामुख सरोज कुमार यादव प्रदेश सरकारसंग असन्तुष्टि जाहेर गरेका छन् । प्रदेशसभा स्थापनाको तेस्रो वार्षिकोत्सव समारोहमा बोल्दै सभामुख यादवले उपभोक्ता समिति मार्फत प्रदेशसभा सहित काम गरेका उपभोक्ता समितिहरुको भुक्तानी अहिले सम्म नभएको प्रति आक्रोस व्यक्त गर्दै सात दिन भित्र भुक्तानी नगरिए प्रदेशसभाको अवहेलना मुद्दामा जेल हाल्ने मन्त्री तथा कर्मचारीहरुलाई चेतावनी दिएका छन् ।
सभामुखले भने, ‘मेरै संयोकत्वमा संसदिय विशेष छानविन समिति बन्यो र भुक्तानीको निर्णय गरयो तर अझै कार्यान्वयन भएको छैन, सम्मानित सदन भनिएपनि व्यवहार खोई त ? ।’ अव पनि भुक्तानी नभए आफु चुप लगाएर नबस्ने भन्दै सभामुख यादवले कुनै मन्त्रालय भुक्तानी गर्ने कसैले गर्न सक्दिन भन्ने यो के हो ? । मञ्चमा बसेका मन्त्रीहरु तथा सम्बन्धित कर्मचारीलाई सम्बोधन गर्दै सभामुख यादवले यस्तो चेतावनी दिएका हुन ।

मुख्यमन्त्री लालबाबु राउतलाई सम्बोधन गर्दै सभामुखले आफुहरु लोकसेवा, प्रदेश प्रहरी, मेडिया काउन्सिल सम्बन्धी विद्ययेक धमाधम पारित गरेको भएपनि पदाधिकारी नियुक्त किन नगरेको भन्दै प्रश्न गरेका छन् ।
त्यस अघि बोलेका मुख्यमन्त्री लालबाबु राउतले संघियता समाप्त गर्न संघिय सरकार चाहि रहेको भन्दै प्रदेशसभाका सम्पुर्ण सांसदले त्यसको विरोध गर्न सक्नु पर्ने बताए । प्रदेश प्रमुख तिलक परियारले प्रदेश २ का प्रदेशसभाले प्रदेश २ को आठवटै जिल्लाका नागरिको भावना बुझेर जिम्मेवारी बोधका साथ अगाडि बढनु पर्ने बताए ।

त्यस अगाडि पनि कार्यक्रममा पृथक दृश्य देखियो । कार्यक्रममा वक्ताको रुपमा तत्कालिन फोरमका नेताका रुपमा मुख्यमन्त्री तथा राजपाका नेताका रुपमा मन्त्री जितेन्द्र सोनललाई मात्र मौका दिइएपछि मञ्चमा बसेका अन्य मन्त्रीहरु सोनल बोल्दै गर्दा बाहरिएका थिए । समाजिक विकास मन्त्री नवल किशोर साह, आन्तिरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग पर्यटन मन्त्री रामनरेश राय सहितकाहरु मञ्चवाट वाहरिएका थिए ।
त्यसैगरि नेकपा ओली समुहका सांसदहरु समेत समारोह बहिष्कार गरेका छन् । समारोहवाट यस वर्षको उत्कृष्ट सांसदको पुरस्कार जसपाका परमेश्वर साह र उत्कृष्ट कर्मचारीको पुरस्कार उप सचिव अरुण कुमार झालाई प्रदान गरिएको छ ।