पिजी पत्रकार
जनकपुरधाम, चैत १ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १ र २ रमदैयामा मात्र १२ जनाको ज्यान गएपछि गाँउ शोकमा डुबेको छ । होलीमा खुसीयाली मनाउन दलित विपन्न समुदायका व्यतिm र युवाहरु अत्याधिक खुल्ला मदिरा सेवन गर्दा एकै परिवारका तिन दाजुभाई मध्ये दुईजनाको मृत्यु भइसकेको र एकको उपचार भइरहेको पिडा समेत रमदैयावासी संग छ । होलीमा विषातm मदिरा खाएको कारण धनुषामा मृत्यु हुनेको संख्या बढदै गएको छ । स्थानियलाई मान्ने हो भने अहिले सम्म धनुषामा विषातm मदिराको सेवनले १५ जनाको ज्यान गएको दावी गरिरहेका छन भने प्रहरीले आठजनाको मात्र पुष्टी गरिरहेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा होलीको अवसरमा अत्याधिक मदिराको सेवनले करिव एक दर्जनको मृत्यु भएको भोली पल्टै जनकपुरधाम उपमहानगरपालिकाको एकै वडामा तिनजनाको मृत्यु भएको छ ।
उपमहानगरपालिका ७ मुसहरी टोलका २ पुरुषसहित तीनजनाको घरेलु विषाक्त मदिरा सेवनबाट शनिबार बिहान मृत्युको भएको हो । मृत्युु हुनेमा मुसहर बस्तीकी बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेको स्थानियवासीले जनाकारी दिएका छन् । परिवारजनका अनुसार विहिवार र शुक्रवार मदिरा सेवन गरेका उनीहरु मध्ये एकको शुक्रवार र दुईको शनिवार मृत्यु भएको हो । एता प्रहरीको तथ्याङ्क भने फरक छ । धनुषा प्रहरीले अहिले सम्म मदिरा सेवनवाट ८ जनाको मात्र मृत्यु भएको बताइरहेको छ । जनकपुरधाम वडा नं. ७ का मृतक तिनैजना मध्ये कोहि टाइफाइड ज्वरो र कोहि झाडा पाखाला लागेको वरामी रहेको दावी गर्दै धनुषाका नायक प्रहरी उपरिक्षक तथा प्रवतmा रामेश्वर कार्कीको दावी छ । उनले झाडापाखाला र टाइफाइडमा जस्तो सुकै राम्रो रक्सी खाएपनि मत्यु हुने सम्भावना भएको हुँदा सवैलाई विषातm मदिरा सेवनको घटनामा राख्न नहुने बताए । एता जनकपुरधाम स्थित मुसहर बस्तीमा देवता रिसाएर यस्तो घटना भएको भन्दै देवता खुसी पार्न धामी र भक्तय समेत गरिदैछ ।
धनुषा प्रहरीको प्रतिवेदन अनुसार फागुन २९ गते जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया बस्ने अंदाजी वर्ष ३५ को ब्रहम देव यादव, सोहि ठाँउ बस्ने करिव ४० वर्षको राम बिलास मण्डल र वर्ष ६५ को गुदरी महराको मृत्यु भएको थियो । त्यसै गरि फागुन ३० गते सोहि नगरपालिका वडा नं. १ रमदैया बस्ने वर्ष ३६ को राम नारायण महरा, जनकपुरधाम उपमाहानगरपालिकाको देवपुरा रुपैठा घर भई क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया बस्ने बेचन महराको छोरी ज्वाई ससुराली घरमा आएको वर्ष ३० को राजु महरा, सोहि ठाँउ बस्ने वर्ष २७ को ईन्द्रजीत महरा र वर्ष ४७ को शत्रुधन मण्डलको मृत्यु भयो । त्यसै गरि चैत एक गते सोहि वडा नं. २ रमदैयाकै अंदाजी ६०÷६५ को श्रीदेव यादवको मृत्यु सहित कुल आठजनाको मदिरा सेवनको कारण मृत्यु भएको हो ।
तर रमदैयाकै स्थानियका अनुसार करिव १०÷१५ दिन अगाडि वडा नं. १ निरश यादव, र वडा नं. २ कै भुनटुन सदा, विजय सदा र दशैया महरा गरि चारजनाको समेत मदिरा सेवनवाटै मृत्यु भएको भएपनि घटना चर्चामा आउन सकेन । सोहि गाँउकी पुर्व सांसद समेत रहेकी समाजवादी नेतृ उर्मिला साहले खुल्ला मदिरा नियन्त्रण हुन नसकेकाले दलित, गरिव तथा विपन्न समुदायका युवाहरु अनाहकमा ज्यान गुमाउन परेको बताइन । स्थानियका अनुसार वाँकीको ज्यान समेत मदिरा सेवनवाटै गएको भएपनि कतिपय मृतकको परिवारजननै खुल्ला मदिराको व्यवसायी रहेकाले घटना वाहिर आउन सकेको थिएन । मदिरा सेवनै कारण विरामी भइ रमदैयाकै वर्ष ३७ को राम ईश्वर महरा, वर्ष २३ को प्रदिप सदा, वर्ष ५० को भरत मण्डल, वर्ष ४४ को मनिर नदाफ, वर्ष २२ को भरत सदा र बर्ष ५० को सिताराम यादवको विभिन्न अस्पतालमा उपचार जारी छ । प्रहरीले अहिले सम्म घटनाको अनुसन्धानको क्रममा सो क्षेत्रका ७ जना खुल्ला मदिरा उत्पादन तथा व्यवसायीहरुलाई नियन्त्रणमा समेत लिएको छ ।