पुरन रौनियार
जनकपुरधाम, माघ १९ : प्रधानमन्त्री केपि शर्मा ओलीले नेपालले भारत र बंगलादेशलाई विद्युत बेच्ने आधार तयार भएको बताएका छन् । देशकै सर्वाधिक विद्युत क्षमताको ढल्केबर ४००/२२०/१३२ सवस्टेशनको धनुषाको ढल्केवरमा समुदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सवस्टेशन निर्माणको निर्णय २०७२ सालमा आफनै नेतृत्वको सरकारले गरेको स्मरण गराउदै समुदघाटन भएसंगै अव छिट्टै भारत र बंगलादेशलाई विजुली बेच्ने बताए ।
देशलाई आधुनिकिकरण र अधौगिकिकरण गर्ने आधार विजुली उर्जाको समुदघाटन गरि आर्थिक क्रान्तिको बाटो खोल्ने काम सरकारले गरेको उनले बताए । उनले छिट्टै जनकपुरधामको रेल समुदघाटन गरि पुर्व पश्चिम रेल सेवा समेत चलाउने बताए । राजनितिक प्रसंगमा प्रधानमन्त्री ओलीले खुट्टा तान्नेहरु पार्टी छोडेर जाँदा सजिलो भएको बताए । अव पार्टी चलाउन झन्झट नहुने उनको भनाई थियो ।
मेरो मृत्युको प्रतिक्षामा बसेकाहरु निराश भएर अर्को बाटो लागेको प्रधानमन्त्रीको टिप्पनी थियो । प्रधानमन्त्री ओलीले मधेशवादीलाई पनि तिखो प्रहार गरेका छन् । केपि ओलीलाई मधेशी विरोधी भन्नेहरुलाई मधेशका डोम, चमार, दुसाध जस्ता दलितका बच्चालाई काँखीमा बोक्न सक्ने हिम्मत छ ? प्रश्न गर्दै प्रधानमन्त्री ओलीले केपि ओली मधेशको विकासको संकल्प लिएर अगाडि बढेको बताए ।
कुन्ती मोक्तानको गित म त हिडछु मेरै बाटो खुट्टा तान्दै गर बोलको गित आफु अहिले खुब सम्झिरहेको उनले टिप्पनी गरे । सो कार्यक्रमलाई सम्बोधन गरेका प्रधामन्त्री ओली सिरहाको कार्यक्रमका सहभागि हुन त्यस तर्फ लागेका थिए । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् । यस्तै कूल ४००÷२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत लाईन प्रसारण गर्न सक्दछन् ।