एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : प्रदेश सरकारको महत्वकांक्षी आयोजनाको रुपमा स्थापना गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपती सहितको पदाधिकारीहरु नियुक्त गरिएका छन । मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा प्राध्यापक डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह लाई नियुक्त गरिएको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको हो । नियुक्ति पत्र हस्तान्तरण पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबका दिनको रुपमा रहेको बताउनु भयो ।
नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्ष देखी एकेडेमिक शेसनहरु संचालन हुने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले भने, ‘नियक्त गरिएका तिनैजना सम्बन्धित क्षेत्रका बिज्ञ र दक्ष रहेको प्रदेश सरकारको निश्कर्ष छ ।’
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले पदाधिकारीहरुको नियुक्तका विषयमा जानकारी गराउदै नियक्त गरिएका तिनैजना काठमाण्डौं छाडेर मधेश आउन मान्नु पनि एक सफलता नै रहेको बताए । उनले भने, ‘डा. रामकेवल जी ले प्रदेश सरकारलाई गर्दै आएको रचनात्मक सहयोग अव संस्थागत रुपमा हुने भएको छ वाँकी दुईजना युवा बिज्ञहरु पनि मधेशलाई प्राथमिकथा दिनुभएकोमा आभार व्यक्त गर्दछौं ।’
प्रादेशिक अस्पताल जनकपुरधामलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।