एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुरधामको जनताले अनुमोदन गरिसकेको भन्दै जनकपुरधामबाट कतैपनि नजाने स्पष्टीकरण दिएका छन् । महतो सप्तरीबाट चुनाव लडने चर्चा परिचर्चाका बिच शनिवार जनकपुरधाममा राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा महतोले भने, ‘राजेन्द्र महतो सप्तरी जान्छ भन्दै कतिपयले प्रचार गरिरहेका छन, हाहाहाहा खुट्टा गारिसकेको छु कतै जान्नौं ।’
चुनाव जित्ने वा हार्ने वितिकै कुनै पनि दल वा नेता पुनः चुनावकै तयारीमा रहने गरेको बताउदै महतोले पार्टीको लोकतान्त्रिक मुल्य मान्यतालाई समेत विर्सेर चुनावको हतार नर्गन आग्रह गरेका छन् । चुनावबाट जसपा वा जसपाका कुनैपनि नेतालाई डर भय नरहेको दावी गर्दै महतोले भने, ‘राजनिति गर्छु चुनाव त जिवन हो ।’ जनकपुरधाम जसपाको किल्ला रहेकाले अभिभावक विहिन हुन नदिने उनको कथन थियो ।