एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : जनकपुर जेसीजले प्रत्येक वर्ष प्रदान गर्दै आएको रामरतन उत्कृष्ट युवा व्यवयासी पुरस्कार यस वर्ष नेपाल स्टोरका सञ्चालक अनिल कुमार साह (रौनियार)लाई प्रदान गरिएको छ । शनिवार साँझ भब्य समारोहका बिच नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले व्यवसायी रौनियारलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका छन् ।

२०३५ सालमा जन्मेका व्यवासायी साहले आफना बुवा संग मात्र पाँच लाख(फाइभ डिजिट) रुपैया लिएर सुरु गरेको व्यापार अहिले पाँच जिल्लामा विस्तार भई करौडौंको (आठ डिजिट) सम्पतीमा रुपान्तरित गरिएकाले छानौट समितिले उनलाई सो पुरस्कार प्रदान गरेको हो ।
नेपाल स्टोर जनकपुरधाम सहित यस क्षेत्रकै इलेक्ट्रोनिक सहित होम एम्पलाइन्सेज सहितका सरसमानहरुको खुद्रा तथा थोक चर्चित विक्रेताका रुपमा स्थापित भइसकेको छ । जनकपुरधामका इलेक्ट्रोनिक समान विक्रेता व्यवसायी सन्तोष गुप्ताले आफना पिताको नाममा सो पुरस्कारको स्थापना गरि दशकौं देखि जेसीजको माध्यमले प्रदान गर्दै आएको छ ।