एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : जनकपुर जेसिजको नयाँ कार्यसमितिको पदस्थापन तथा सपथग्रहन कार्यक्रम समपन्न भएको छ । शनिवार साँझ एक विशेष कार्यक्रमका बिच जनकपुर जेसिजका २०२० अध्यक्ष जेसी गौतम साहले नव निर्वाचित २०२१ अध्यक्ष मनोज साहलाई जेसीजको माला लगाएर अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेका छन् ।
जेसीजको कार्यक्रम रमाइलो थियो । नयाँ अध्यक्षलाई निर्वतमान हुन लागेका अध्यक्षले बाजागाजा सहित हात पक्रेर मञ्च तर्फ ल्याउदै गर्दा सवै जना उभेर सम्मान गरेका थिए । २०२० अध्यक्ष जेसी गौतमले सहयोगको भुक्तानी काम भएपछि मात्र पाउने भएपछि आफनी श्रीमतीको गहना बन्धन राखेर भएपनि जेसीजको नयाँ भवन र हल बनाइ छाडेको तर्क गञ्जिएपछि सभाहल तालीले गुञ्जमान भएको थियो ।

प्रदेश सांसद परमेश्वर साह सहितको सहयोगमा जेसीजले नयाँ भवन र सभाहल पाएको छ । जेसीज कार्यक्रमको अर्को सुन्दरता भनेको बुवाआमा, भाईबहिनी, श्रीमती र छोराछोरी प्रतिको सम्मान पनि देखियो । २०२० अध्यक्ष गौतमले ‘निर्माणको काम भइरहँदा आफु २ बजे राती सम्म पनि काम गर्न थालेपछि छोरी चिन्न छोडेको, बुढीले कहिल्यै पनि जुताको चमक मलिन हुन नदिएको सहितका शब्दहरु परिवारका सदस्य सामुने भनिरहँदा सभा भावुक बनेको थियो ।

जेसी गौतम जेसीज २०२१ को राष्ट्रिय उपाध्यक्षमा समेत निर्वाचित भएका छन् । जेसीज २०२१ का अध्यक्ष सहित उपाध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिको सपथ ग्रहन तथा पद हस्तान्तरण कार्यक्रम समपन्न हुनुका साथै जेसीजको नयाँ सचिवालयको समेत समुदघाटन गरिएको छ । समारोहमा नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनाल र उनकी धर्मपत्नी, प्रदेश २ सरकारका मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद परमेश्वर साह, राम सरोज यादव, सुरिता साह सहित जेसीजका पुर्व अध्यक्षहरु, केन्द्रिय वर्तमान तथा पुर्व पदाधिकारीहरु सहितको उपस्थिती थियो ।