एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : जनता समाजवादी पार्टी (जसपा) नेपालका शिर्षनेताहरु देशमा नेकपा र कांग्रेस फेल भइसकेकाले जनताले तेस्रो शक्ति जसपालाई बैकल्पिक होइन मुल शक्ति बनाए मात्र देश र जनताको कल्याण हुने बताए । जसपा सम्वद्व राष्ट्रिय इन्जिनियर संघको प्रथम राष्ट्रिय भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘कति कांग्रेस र उहि एमाले माओवादीलाई मात्र विश्वास गर्ने ? अव नयाँ शक्तिलाई पनि प्रयोग गरेर हेर्नु परयो ।’

यो देशमा जनताको संविधान भन्दा केहि परिवार, वर्ग र समुदाय तथा जातको मात्र संविधान बनेकाले पटक पटक संविधान परिवर्तण गर्न परेको भन्दै महतोले बहुलराष्ट्र सहितको संविधान नबने सम्म कुनै पनि संविधान टिक्न नसक्ने बताए । शासकले गलत संविधान बनाई रहँदा देशका सेचत जनता आन्दोलनमा रहेकाले पुनः आज यो संविधान धरापमा परेको उनको तर्क छ ।

अर्का नेताहरु सरत सिंह भण्डारीले पनि देशमा रचनात्मक विभेदहरु भइरहेको बताए । पटक पटकको आन्दोलनमा भएको सम्झौतालाई अपमान गरेकाले शहिदहरुको श्राप देशलाई लागेको उनको जिकिर छ । नेता राजकिशोर यादवले पनि देश जनताको नरहेको बताए । उनले भने, ‘जनताको देश भए न जनताको काम हुन्छ ? यो देश केहि व्यक्ति र परिवारको मात्र थियो र छ ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेद र शोसन गर्नेहरु संग लडन अझै एकता आवयश्क हुने बताए । ठुलो लडाई लडन फाटफुट भएर नहुने भन्दै सवै परिवर्तणकारी शक्ति एक हुनुपर्नेमा उनको जोड थियो । उनले तत्कालिन फोरमको इन्जिनियर संगठनलाई समेत एक गरेर अगाडि बढन संघका नेतृत्वलाई आग्रह गरेका छन् । कार्यक्रममा नेता सर्वेन्द्र नाथ शुक्ला सहित नेपाल इन्जिनियर एशोसिएशनका वर्तमान तथा पुर्व पदाधिकारीहरुले सम्बोधन गरेका छन् ।
संघको आजै राती प्राविधिक सत्र हुने जस्ले मधेश सहित देश भरिका परिवर्तण पक्षधर इन्जिनियरहरुको हकहितका साथै जसपालाई कसरी अगाडि बढाउने सहितको रणनितिहरु तर्जुमा गर्ने कार्यक्रम रहेको संघका केन्द्रिय अध्यक्ष सिडिई भगवान झाले बताए । कार्यक्रममा सहभागित देशै भरिका इन्जिनियरहरुलाई सम्मान गरिएको थियो ।