एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठले खेल क्षेत्रलाई करिव ८० हजार बराबरको सरसमान सहयोग गरेको छ । सितेरियो तर्फका पुर्व राट्रिय खेलाडी समेत रहेका महासेठले आज नेपाल सितेरियो कराते संघ धनुषालाई विभिन्न सरसमान सहयोग गरेको छ ।
महासेठले संघ धनुषालाई हस्तान्तरण गरेको खेलकुदका सरसमानहरुमा सिन गार्ड सात थान, गल्भस सात जोडी, स्टप वाच एक थान, गमसिल १६ थान, व्हीसल एकथान, म्याट २० थान, सिनर्गाड लोवर सेट एक थान र ग्लभ्स एक थान गरि कुल करिब ८० हजार बराबरको सरसमान सहयोग गरेको महासेठले बताए ।

महासेठले भने, ‘कुनै खास कारण होइन, म पुर्व राष्ट्रिय सितोरियो खेलाडी पनि हुँ, सितोरियो खेल प्रतिको माया र स्नेहका कारण केहि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’ २०५२ साल देखि सितोरियो खेलाडीका रुपमा दशकौं खेलेका महासेठ पटि व्यापारमा सक्रिय हुदै जउबा संघको महासचिवमा निर्वाचित भएपछि व्यापारी राजनितिमा सक्रिय रहेको भएपनि खेल क्षेत्रको बारेमा विभिन्न जानकारी भन्ने राख्न छोडेका छैनन ।
उनी सितोरियोका प्रशिक्षक पनि हुन । समान हस्तान्तरण कार्यक्रममा सितेरियो संघका अध्यक्ष जिवछ भगत, प्रशिक्षक बिरेन्द्र कर्ण र अखलेस कर्ण सहितको उपस्थिती रहेको थियो ।