एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : पटक पटक मन्त्री भएका नारायणकाजी श्रेष्ठको अति निकट मानिने नेकपा नेता गिरिराजमणी पोखरेलको क्षेत्रमा ओली समुहले भब्य कार्यक्रम गरि संयौंलाई प्रवेश गराएका छन् । पोखरेलको गृह जिल्ला, निर्वाचन क्षेत्र र घर समेत रहेको बर्दिवासमा ओली समुहका नेता तथा पुर्व मन्त्री रघुविर महासेठ र वर्तमान मन्त्री जुली महतो सहितकाले सयौं युवाहरुलाई पार्टी प्रवेश गराएका छन् ।
नेकपा बर्दिबास नगरपालिकाद्वारा आयोजित प्रथम नगर भेलामा नेकपाका स्थाई कमिटी सदस्य एवं पुर्व मन्त्री महासेठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं नेतृ जुली कुमारी महतो, नेताहरु रामदयाल मण्डल, हरि नारायण महतो सहित नेकपाको केन्द्र, प्रदेश र जिल्ला कमिटी साथै पार्टीका अगुवा नेता कार्यकर्ताहरुको उपस्थितीमा सैयांै क्रियाशिल युवाहरु नेकपामा प्रवेश गरेको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महासेठले जनताबाट नभाग्न प्रचण्ड–नेपाल समुहलाई आग्रह गरेका छन् । जनताको निर्णय मान्न सवै तयार हुनुपर्ने उनको कथन थियो ।