एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ : महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले संघिय सरकारले कुनै पनि बालबालिकालाई बेसहारा महशुस हुन नदिने बताएकी छन् । बाल अधिकार सुनिश्चितताका लागि प्रदेश स्तरीय छलफल कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री महतोले भने, ‘कुनै पनि बेसहारा बालबालिका देख्नु भयो भन्ने हामिलाई खवर गर्नुहोला, बाल मन्दिरमा राखेर पालनपोषण हुन्छ ।’

राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री महतोले महिला, बालबालिका, अपाङ्गता भएका तथा जयेष्ठ नागरिकको लागि आफनो नेतृत्वको मन्त्रालय विशेष काम गरिरहेको र यस क्षेत्रको थप विकास र संरक्षणको लागि गृहमन्त्रालय, शिक्षा तथा स्वास्थ्य मन्त्रालयसंग समेत समन्वय गरि काम गरिरहेको बताए ।

उनले भनिन, ‘मेरो मन्त्रालय जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय र जिवन स्तर उकासिनु पर्नेहरुका लागि रहेकाले त्यसै अनुसारको काम गर्न विभिन्न मन्त्रालय संग समेत समन्वय गर्न चाहेको बताइन् । प्रदेश २ का विभिन्न स्थानिय तहका प्रमुख, उपप्रमुख, जिसस प्रमुख, उपप्रमुखहरु सहित सम्बन्धित क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका प्रतिनिधी सहभागि कार्यक्रममा प्रदेश २ मा बेटी पढाउ बेटी बचाउ साइकल बितरणमा मात्र सिमित हुन नहुने आवाज उठेको छ ।
गरिव विपन्नलाई न्यानो कम्वल वितरण

कार्यक्रम स्थलमै मन्त्री महतोले यस क्षेत्रका गरिव, विपन्नहरुलाई न्यायो कम्वल वितरण गरेकी छन् । नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा मन्त्री महतोले बृद्वबृद्वा तथा गरिव विपन्नहरुलाई कम्वल प्रदान गरेका छन् । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, धनुषाका प्रहरी प्रमुख सहितको उपस्थिती रहेको थियो ।

