एसपी रिपोर्टर
काठमाण्डौं, माघ १२ : रौनियार समुदायको युवती तथा महिलाहरुको लागि नयाँ अवसरको साथ मिस एण्ड मिसेज रौनियार २०२१ आयोजना हुन गइरहेको छ । क्रिएटिभ ड्रप्सको आयोजनामा हुन गइरहेको यस आयोजनाले रौनियार समुदायका युवती र महिलाहरुलाई अनेकन अवसर र सिकाईको वातावरण मिल्ने बताइएको छ ।
भारतको मुम्बई देखि काठमाण्डौंमा समेत विगत १५ वर्ष देखि फ्यासन फोटो ग्राफरका साथै डायरेक्टर, व्यापारिक विज्ञापन उत्पादक तथा मोडलिङ्गको क्षेत्रमा काम गरिरहेका चर्चित एस फोटो ग्राफर संजय रौनियारको अगुवाईमा आयोजना हुन लागेको ‘मिस एण्ड मिसेज रौनियार २०२१’ ले रौनियार समुदायको महिला तथा युवतीको व्यक्तित्व विकासका लागि नयाँ आयाम सावित हुने दावी गरिएको छ ।

‘मिस एण्ड मिसेज रौनियार २०२१’ का इभेन्ट डायरेक्टर रौनियार भन्छन, ‘मैले धैरे सिके र दशकौं देखि यस क्षेत्रमा काम गरिरहेको र कैयौंलाई काम सिकाएको छु, अव आफनो समुदायको लागि पनि केहि गरौं भन्ने उद्देश्यले यस्ता आयोजन गर्न लागेका छौं ।’ यस इभेन्टमा सहभागी हुने युवती तथा महिलालाई व्यक्तित्व विकास, मेडिटेशन क्लास, उत्कृष्ट मेक अपको प्रशिक्षण, घरायसी उत्पादनको व्यापारीक विज्ञापनमा मोडलिङ्गको अवसर र रोजगार, सौन्दर्यताको शिप, पब्लिक स्पिकिङ्ग, अन्तराष्ट्रिय स्तरको फोटो शेसन सहितका अनेकन अवसर प्राप्त हुने छ ।
साथै इभेन्ट विजेतालाई १ लाख ५१ ह्जार नगद पुरस्कार राशी समेत घोषणा गरिएको छ । छिट्टै तयारी गरेर काठमाण्डौंमा अडिशन हुने गरि समय तालिका सार्वजानिक गरिने रौनियारले बताए । उनले भने, ‘मिस एण्ड मिसेज हो एउटै घरमा आमा–छोरी दुवैजनामा यस क्षेत्रमा लाग्ने हुनर छ भने दुवैजना पनि सहभागि हुन पाउने अवसर छ ।’
यो मान्यता प्राप्त आधिकारिक आयोजना रहेको समेत उनले बताए । सहभागिताका लागि उमेर हद १६ वर्ष देखि माथी कुमारी र विवाहित जति सुकै उमेरको पनि हुन सक्ने उनको भनाई छ । यस्मा नेपाल–भारत सहित विश्वको कुनै पनि ठाँउमा बसिरहेका रौनियार समुदायका यस देशका महिला तथा युवतीहरु सहभागिता जनाउन पाउने छन् ।