एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : जनकपुरधाम क्षेत्रका प्रदेश सांसद परमेश्वर साहले जनकपुरधामको मिथिला नाट्य कला परिषद (मिनाप)लाई दश लाख सहयोग गर्ने घोषणा गरेको छ । मिनापमा दोस्रो कार्यकालको सुखद सुरुवात गरेका मिनाप अध्यक्ष परमेश झाका अनुसार आज प्रदेश सांसद साह मिनापको निर्माणाधिन नयाँ भवनको निरिक्षण अवलोकन गर्ने क्रममा सो घोषणा गरेका हुन ।
मिनाप सचिव संदिप साहले भने, ‘हामी प्रदेश सांसद साहलाई नयाँ भवनको अवलोकन गर्न बोलाएका थियौं आज समय निकालेर आउनुभयो र सहयोग घोषणा गर्नुभयो हामी उत्साहित भएका छौं ।’ यो सहयोग पछि भवनको वाँकी काम सिघ्र गर्न सहयोग मिल्ने अध्यक्ष झा ले बताए ।
मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागी निरन्तर कार्य गर्दै आइरहेको मिनापलाई प्रदेश सांसद साहले सहयोगको घोषणा गर्दै भने, ‘मैथिली भाषा, साहित्य संस्कृतिकला र नाट्य क्षेत्रमा अनवरत रुपमा लागिरहेको संस्थालाई सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस भएको छ ।’ प्रदेश सांसद साहले निरिक्षण पश्चात मिनापका कलाकारहरु संग आवश्यक छलफल समेत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !