एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : नेपाली कांग्रेसले देश व्यापी रुपमा गरेको वडा स्तरीय विरोध प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिकाको समेत सवै वडाहरुमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको संसद विघटनको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ ।

आफनै पार्टीको ब्यानरमा बैग्लै विरोधका विविध कार्यक्रम गरिरहेको कांग्रेसले चरणवद्व रुपमा आन्दोलन गरिरहेकोमा आज देशको विभिन्न स्थानिय तहको वडा स्तरमा विरोध प्रदर्शन गरेको हो । जनकपुरधाममा पार्टीको उपमहानगरपालिका सभापती मनोज कुमार साहको उपस्थिती तथा वडा समिति अध्यक्षको अगुवाईमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

विभिन्न वडाहरुमा भएको कार्यक्रमहरुमा कांग्रेसका अगुवाहरु श्याम प्रसाद साह, किशोरी साह, कन्हैया लाल कर्ण, बजरंग प्रसाद साह, जिवनाथ चौधरी, प्रमोद चौधरी, ललन चौधरी, परमेश्वर साह, मनोज साह, प्रफुल्लराज घिमिरे, सुरेश कोइराला, सम्झना वर्मा, विजेता झा, रिंकु साह सहित वडा अध्यक्षहरु, सदस्यहरु सहितको अगुवाईमा विरोध प्रदर्शन गरिएको छ ।