एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : मैथिली गीतकार अशोक दत्तको मैथिली गीत सङग्रह ‘राग तान’ पुस्तकको बिमोचन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयद्वारा प्रकाशित र गीतकार दत्तद्वारा लिखित सो गीत सङग्रह बिमोचन गरिएको छ ।

उपमहानगरपालिकाको परिषरमै आयोजित एक समारोहका बिच मैथिली संस्कृती झल्किने पारम्परिक गीत सहितका विभिन्न स्वादका गीतहरुले भरिएको गीत सङग्रह पुस्तक ‘राग तान’ बिमोचन गरिएको छ । प्रदेश २ निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, उममहानगरपालिकाका प्रमुख लालकिशोर, उपप्रमुख रिता झा, प्रमुख प्रशासकिय अधिकृत, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, साहित्यकार रोशन जनकपुरी, मिथिला नाटय कला परिषदका पुर्व अध्यक्ष शुनिल मल्लिक, लेखक अशोक दत्त सहितकाले गीत सङग्रहको बिमोचन गरेका छन् ।

निति आयोगका उपाध्यक्ष झाले उपमहानगरपालिकाको तर्फबाट यस्तो गीती सङग्रह प्रकाशन हुनुले कला, संस्कृती सङग्रहीत हुने मात्र होइन साहित्यकार तथा लेखकहरुको मनोबल समेत उच्च हुने भन्दै उपमहानगरपालिकाको कामको सराहना गरेका छन् । कार्यक्रममा उपस्थित कलाकार, लेखक तथा साहित्यकारहरुले समेत स्थानिय सरकारको यस प्रकारको कामले काम गर्न मनोबल बढने बताए ।
गायिका सुनिता साहको एल्बम समेत सार्वजानिक

साथै सोहि समारोहका बिच गायिका सुनिताको गिती एल्वमको सिडी समेत सार्वजानिक गरिएको छ । उपस्थित प्रमुख अतिथि सहितका विशिष्ठ अतिथिहरुद्वारा एल्वम सार्वजानिकिकरण गरिएको छ । सो अवसरमा गीतकार अशोक दत्त र गायिका साहको सम्मान समेत गरिएको थियो ।
